अखिल क्रान्तिकारी चितवनका अध्यक्ष लामिछाने गिरफ्तार

२०७५ असार ५ गते, मंगलवार

काठमाडौँ, ५ असार । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीका चितवन जिल्ला अध्यक्ष रमेश लामिछानेलाई प्रहरीले गिरफ्तार गरेको छ ।
अध्यक्ष लामिछानेलाई आज बिहान सहिद स्मृति क्याम्पस टाँडीबाट गिरफ्तार गरिएको हो । अखिल क्रान्तिकारीले लामिछानेको गिरफ्तारीको भत्सर्ना गर्दै तुरुन्त रिहा गर्न माग गरेको छ । सरकारले विद्यार्थी नेता लामिछानेलाई बिनाकारण गिरफ्तार गरेर शैक्षिक क्षेत्रमा भइरहेको दलालीकरण, व्यापारीकरण र नीजिकरणको विरोधमा प्रतिपक्षी आठ विद्यार्थी संगठन संघर्षमा रहेका बेला परिवर्तनकारीलाई आतंकित पार्न खोजेको भन्दै रिहा नगरिए कडा संघर्षमा उत्रन बाध्य हुने चेतावनी दिइएको छ । सरकारले नेकपा र उसका निकट जनवर्गीय संगठनका नेता तथा कार्यकर्तामाथि निगरानी र धरपकड क्रमलाई पछिल्लो समयमा तीव्रता दिइरहेको अवस्था छ ।

प्रतिक्रियाहरु