अखिल क्रान्तिकारी कैलालीको अध्यक्षमा सिंह

२०७५ असार ३१ गते, आईतवार

काठमाडौं, ३१ असार । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी कैलालीको अध्यक्षमा बबरजंज सिंह निर्वाचित भएका छन् । अखिल क्रान्तिकारीको शनिबार सम्पन्न २० औं जिल्ला सम्मेलनले सिंहको अध्यक्षमा ३५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । सम्मेलनले उपाध्यक्षमा पदम काफ्ले, सचिव सुवास जोशी, सह–सचिव महेश पातली र कोषाअध्यक्षमा लोकेश जासी निर्वाचित भएका छन् ।
शिक्षा क्षेत्रमा दलाली, माफियाकरण दिनप्रतिदिन बढिरहेको भन्दै गरिबका छोराछोरीको पहुँचमा शिक्षालाई पुर्याउन नयाँ खाले आन्दोलन गर्ने नवनिर्वाचित अध्यक्ष सिंहले बताए । सिटिइभिटीले शूल्कवृद्धि गर्न लागेको भन्दै केन्द्रबाट घोषणा गरिएका संघर्षका कार्यक्रमहरुलाई जिल्लामा पनि शसक्त रुपमा कार्यान्वयन गर्ने सिंहले बताए । सम्मेलनमा संगठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल, पार्टी ब्युरो सदस्य विवेक कुमाल, डबल शाह कैलाली इन्चार्ज महान, सेक्रेटरी अमर केन्द्रीय कोषाध्यक्ष नरेन्द्र बिक लगायतको उपस्थिति थियो ।

प्रतिक्रियाहरु