अखिल( क्रान्तिकारी )का नेता गिरफ्तारीको बिरोधमा कालो ब्यानर प्रदर्शन

२०७६ फाल्गुन १३ गते, मंगलवार

काठमाडौं, १३ फागुन । अखिल (क्रान्तिकारी) रुपन्देहीले जिल्लाका विभिन्न क्याम्पसहरूमा संगठनको केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल, केन्द्रीय कोषाध्यक्ष नरेन्द्र बिक लगायतका देशभरबाट गिरफ्तार परेका आफ्ना नेताकार्यकर्ताको रिहाइको माग गर्दै बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ। सो बिरोध प्रदर्शन कार्यक्रममा लुम्बिनी व्युरो संयोजक बिरेन्द्र बिक, केन्द्रीय सदस्य रमेश गैरे लगायत जिल्लाका नेताहरूले सम्बोधन गरेका थिए।
बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक बिकले भने, “राज्यले गिरफ्तार गरेर तर्साएर हाम्रो आन्दोलन तुहिन्न।बरू राज्यको दमनले हाम्रो आन्दोलनलाई थप सशक्त बनाइरहेको छ।बिद्यार्थी नेताहरूलाई गिरफ्तार गर्नु,हतकडी लगाउनु राज्यको कायर मानसिकताको उपज हो।”
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले घोषणा गरेको चरणबद्ध आन्दोलन अन्तर्गत आज देशभर बिरोध प्रदर्शन भइरहेको छ।फागुन १४ गते आम शैक्षिक हडताल सफल पार्न सबैलाई अनुरोध गरेको अखिल (क्रान्तिकारी) रुपन्देहीका एक नेताले जानकारी दिए।

प्रतिक्रियाहरु