अखिल क्रान्तिकारी कास्कीको २० अाैँ जिल्ला सम्मेलन सम्पन्न

२०७२ भाद्र २९ गते, मंगलवार

काठमाडौँ । नेकपा माओवादी निकट अखिल क्रान्तिकारी कास्कीको २० अाैँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । भदौ २७ बाट सुरु भएको २० अाैँ जिल्ला सम्मेलनले मिलन राईको नेतृत्वमा ३५ सदस्यी जिल्लाका कार्य समिति निर्वाचित गरको छ । जसमा पाँच जना वैकल्पिक जिल्ला सदस्य रहेको बताइएको छ ।
पोखरामा सुरु भएको जिल्ला सम्मेलनमा पार्टीका स्थायी समिति सदस्य तथा प्रबक्ता प्रकाण्डले उद्घाटन गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रबक्ता प्रकाण्डले नेपालमा शैक्षिक आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउनु पर्ने भएको भन्दै त्यो जिम्मा अखिल क्रान्तिकारीले पूरा गर्ने पर्ने बताए ।
प्रबक्ता प्रकाण्डले “तीन दलका तीन नेताले आफ्नो जनविरोधी संविधान ल्याउने तयारी गरिरहेका छन् । यो संविधान उत्पीडित जनताको विरुद्धमा र सबै क्षेत्रका तस्कर र दलालहरुका हितमा भएको छ । यो संविधानलाई बहिस्कार गर्नपर्छ” उद्घाटन मन्तव्यको क्रममा भनेका थिए । प्रकाण्डले जनताकाे माग र भावना नसमेटिएको संविधानले निकास होइन झन् द्वन्द्व बढाउने बताए ।
कार्यक्रममा माओवादी केन्द्रीय सदस्य सावित्रा दुरा, कास्की जिल्ला सेक्रेटरी पूर्णजीत पुन, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य लोकेश विश्वकर्मा, नरेन्द्र विक लगायतका उपस्थिति थियो ।
त्यसैगरि सहिद पूर्ण पौडेलकी आमा मोतिमाया पौडेलले सहिदको सपना पूरा गर्न नभएको भन्दै अखिल क्रान्तिकारीलाई सहिद पूर्ण लगायतले देखाएको बाटोमा अगाडि बढ्न सुझाव दिइन ।

प्रतिक्रियाहरु