अखिल क्रान्तिकारीले फेरी लगायो कालोमोसो

२०७३ माघ १ गते, शनिबार

काठमाडौं, १ माघ । कहिले महाभ्रष्ट लोकमानसिंह कार्कीलाई सर्वाेच्च अदालत परिसरमै कालोमोसो दलेर त कहिले जिल्ला शिक्षा अधिकारी , कहिले वि.नि.,कहिले शिक्षक, वन अधिकृति तथा इन्जेनिर लगाएतका भ्रष्टहरुलाई कालोमोसो लगाइसकेको विप्लव नेतृत्व नेकपा (माओवादी) निकट अखिल (क्रान्तिकारी) ले फेरी विद्यार्थी /अभिभावकलाई भ्रम छर्दै नामको पछाडि कथित इन्टरनेशनल शब्द झुण्ड्याएर ब्रम्हलुट मच्याउने संघसंस्थाको गाडी, होडिन वोर्ड, साइनवोड हरुमा नामको मात्रै कथित इन्टरनेशनल शब्द अव उप्रान्त नराख्न चेतावनी सहित कालोमोसो दलेको छ ।
जसमा घोराही क्षेत्रमा गुरुकुल इन्टरनेशनल स्कुल, मार्क इन्टरनेशल कलेज र भ्याक्ट्रोरिया इन्टरनेशनल कलेज रहेका छन । त्यस्तै लमही क्षेत्रमा मार्टेन इन्टरनेशनल एकेडेमी, यम्स इन्टरनेशनल एकेडेमी तथा तुल्सीपुर क्षेत्रमा नोभेक्स इन्टरनेशनल कलेज, पारिजात इन्टरनेशनल स्कुल र पश्चिम क्षेत्रमा ग्रेट आइडल इन्टरनेशनल स्कुल हापुरे लगाएतका रहेका छन ।
स्कुल तथा कलेजमा इन्टरनेशनल हुन पुरा गर्नुपर्ने कुनै पनि विधि, प्रक्रिया र मापदण्ड पुरा नगरी विशुद्ध व्यापारको लागि व्यापारीहरुले गरेको इन्टरनेशनल शब्द व्यापारीक विज्ञापनमा मात्र रहेकोले कारबाही गर्नुपरेको अखिल क्रान्तिकारी) राप्ती संयोजक तथा केन्द्रिय सचिवाल सदस्य नरेन्द वि.क.ले जानकारी दिएका हुन । उनले यो या त्यो बहानामा अभिभावक/विद्यार्थीलाई ठग्ने कुनै पनि हर्कत आफ्नो संगठनकोलाई स्वीकार्य नभएकाले यसको कडा रुपले प्रतिरोध गर्ने समेत बताए ।
इन्टरनेशनल शब्द प्रयोग गर्न लागि कम्तीमा १ प्रतिशत विदेशी विद्यार्थी र आईएसओ मान्यता प्राप्त गरेको हुनुपर्ने प्राबधान रहेको छ । तर नेपालमा विद्यार्थी आकर्षण गर्नको लागि शिक्षण संस्था संचालकहरुले मनोमानित रुपमा इन्टरनेशनल शब्द प्रयोग गर्दै आइरहेका छन । शिक्षा जस्तो पवित्र ठाउँ लाई माफियाकरण गरी विद्यार्थी र अभिभावकलाई ब्रम्हलुट गरिरहेका दाङका केहि विद्यालयलाई क्रान्तिकारीले कालो मसीले इन्टरनेशनल शब्द मेटिदिएको थियो । नेपालमा शिक्षा क्षेत्रमा भ्रम र लुट मच्याउने कलेज तथा स्कुलहरुलाई प्रक्रियामा नगई आफ्नो मनमौजी सत्ता चलाउन खोज्ने शैक्षिक माफियाहरुलाई निरन्तर रुपमा कारबाही गर्दै जाने अखिल क्रान्तिकारी राप्ती क्षेत्रिय समन्वय समितिका संयोजक नरेन्द्र वि.क.ले बताउनुका साथै आफूहरुलाई इन्टरनेशनल शब्दप्रति कुनै आपत्ती नगरहेको पनि प्रष्ट पारेका छन । यदी कुनै स्कुल /कलेजले मापदण्ड पुरा गरी इन्टरनेशनलस्तरको भएमा आफूहरु निकै खुसी भएर कालोमसीले नभई रातो अविरले अभिनन्दन गर्ने समेत प्रष्ट पारेका छन ।
शिक्षा क्षेत्रका विद्यामान ऐन नियम कानुन लाई उल्लघन गर्न खोज्ने कलेज तथा विद्यालयमा कारबाही गरेकोप्रति दाङ जिल्लाका जिल्ला शिक्षा अधिकारी रमेश मैनालीले संगठनका दाङ जिल्ला संयोजक मदन केसीलाई फोन मार्फत राम्रो काम गरेको भन्दै बधाई समेत दिएका छन ।- जंग रेउले

प्रतिक्रियाहरु