अखिल क्रान्तिकारीले आन्दोलन चर्काउने

२०७५ कार्तिक २९ गते, बिहीबार

काठमाडौँ, २९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले सिमा अतिक्रमण भएका क्षेत्रमा आन्दोलन चर्काउने भएको छ । अखिल क्रान्तिकारीको तेस्रो केन्द्रिय समितिको हालै सम्पन्न बैठकले सो निणय गरेको हो । काठमाडौंमा तीन दिन सम्म चलेको केन्द्रिय समितिको पूर्ण बैठकले संघर्षका कार्यक्रम सहित बिभिन्न महत्वपूर्ण निर्णय गरेको छ । बैठकले सीमा अतिक्रमण र ज्यादतीको विरोधमा संघर्ष चर्काउने निर्णय गरेको छ । भारतीय पक्षबाट गरिएको सीमा अतिक्रमणको बिरोधमा बिरगन्ज, झापा, सुनसरी, कञ्चनपुर, कैलाली लगायतका भारतसँग सिमा जोडिएका देशभरका सिमा क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेका संगठनका केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बि.क.ले जानकारी दिए । भारतीय हस्तक्षेप र सीमा अतिक्रमणको विरुद्ध नेकपानिकट अखिल (क्रान्तिकारी)ले लामो समयदेखि आन्दोलन गर्दै आएको छ । भारतिय साम्राज्यवाद द्वारा सिमा मिचिएको र अनावश्यक हस्तक्षेप गरिरहेको भन्दै संगठनले सिमा मिचिएका स्थानहरु स्थलगत अनुगमन पनि गरेको छ ।
यस्तै बैठकले बिद्यार्थीको हक, अधिकारको पक्षमा संघर्ष गर्ने र देशव्यापि रुपमा संगठन विस्तार अभियान चलाउने पनि निर्णय गरेको छ । जसअन्तरगत बैठकले तीन महिने कम्युनिष्ट विद्यार्थी अभियान सन्चालन गर्ने भएको छ ।
बैठकले कम्युनिष्ट विद्यार्थी अभियान नै चलाउने निर्णय गरेका नेता बि.क.ले जानकारी दिए । शिक्षा क्षेत्रको व्यापारीकरण, निजीकरणको अन्त्य र वैज्ञानिक समाजवादी शिक्षा स्थापनाका लागि देशव्यापि संघर्ष गर्ने समेत बैठकको निर्णय छ । पछिल्लो समय शिक्षा क्षेत्रमा निजीकरण सँगै व्यापारीकण हुँदै गएको छ । सार्वजनिक शिक्षाको स्तरोन्नति गर्न ध्यान दिनुपर्ने अवस्थामा शिक्षालाई ‘निजीकरण, व्यापारीकरण र माफियाकरण’ गरिएको भन्दै बिद्यार्थी संगठनले संघर्ष गर्न लागेको हो ।

प्रतिक्रियाहरु