अखिल (क्रान्तिकारी)द्वारा जनता माविमा कालो ब्यानर

२०७६ आश्विन ११ गते, शनिबार

काठमाडौं, ११ असाेज । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को जिल्ला कमिटी सुनसरीले इटहरीस्थित रहेको जनता माविमा एकीकृत जनक्रान्ति जिन्दावाद ! शैक्षिक माफिया होसियार !! विरोध किन ? १० बुंदामा लेखिएको कालो ब्यानर टाँगेको छ । जनता माविमा भएको भ्रष्टाचारको विरुद्धमा अखिल (क्रान्तिकारी)ले पटक–पटक सचेत गराउँदासमेत प्रशासनले बेवास्ता गरेकाकारण आफुहरु संघर्षमा उत्रिएको बताएका छन् । नेपाल सरकारको सामुदायिक विद्यालयलाई नमुना विद्यालय बनाउने केन्द्रीय योजनामा भएको बजेटमा उक्त विद्यालय प्रशासन र प्रअ मिलि निजी विद्यालय सञ्चालनमा ल्याएको, खानेपानीको लागि भएको बजेट बिनियोजनलाई बेवास्ता गरी विद्यार्थीहरुलाई खानेपानी, शौचालय, पुस्तकालय जस्ता सेवा सुविधाबाट बञ्चित गरिएको, निजी विद्यालय निर्माणकार्यको लागि विद्यार्थीसँग मनपरी शुल्क असुलेको र विद्यार्थीहरुमाथि हातपात गरेको पाइएको छ ।
उक्त ब्यानरमा विरोधका कारणसहित विभिन्न बुंदामा उल्लेख गरिएको छ । विद्यालयले यातायात सुविधामा समेत मनपर्दि गरेको, विद्यार्थी अनुसार सेवाशुल्क अलग–अलग लिएको र विद्यार्थीहरुमाथि विभिन्न बहानामा शुल्क असुलि गरेकोसमेत ब्यानरमा उल्लेख गरिएको छ ।

प्रतिक्रियाहरु