अखिल (क्रान्तिकारी)द्वारा शुल्क असुली तत्काल बन्द गर्न अपिल

२०७७ असार २५ गते, बिहीबार

काठमाडौं, २५ असार । अखिल (क्रान्तिकारी)ले विश्व कोराना भाइरससँग लडिरहेका बेला निजी तथा सरकारी विद्यालयले विभिन्न बहानामा बन्दाबन्दीको समयमा विद्यार्थी तथा अभिभावकहरूसँग चर्को शुल्क असुली गरेको हुँदा यसलाई तत्काल बन्द गर्न अपिलसहित ज्ञापनपत्र बुझाएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जिल्ला सङ्गठन समिति जाजरकोटले जिल्ला शिक्षा समन्वय एकाइ कार्यालय जाजरकोटमा चारबुँदे मागपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझाउँदै अखिल (क्रान्तिकारी) जिल्ला सङ्गठन समिति जाजरकोटका अध्यक्ष विराजन शाहीले भर्ना शुल्क, पाठ्यक्रम शुल्क भनेर विभिन्न बहनामा शुल्क असुली नगर्न विभिन्न विद्यालयहरूलाई अपिल गरे ।
कोरोना महामारीले जनताको जीवन कष्टकर बनिरहेको र रोजगार गुमेका कारण अभिभावकहरूलाई साँझबिहान छाक टार्न समस्या परिरहेको बेला वर्तमान दलाल सरकार जनताको समस्याबारे मूकदर्शक बनिरहेको क्रान्तिकारीले जनाएको छ ।
जिल्लाभरिका सामुदायिक विद्यालयहरूमा शैक्षिक सामग्री तत्काल उपलब्ध गराउन माग गर्दै सामुदायिक विद्यालयहरूमा क्वारेन्टाइनको व्यवस्था गरिएकाले यो कार्य तत्काल बन्द गरी अन्य स्थानहरूमा क्वारेन्टाइनको व्यवस्था गर्न माग पनि क्रान्तिकारीले गरेको छ ।

प्रतिक्रियाहरु