अखिल क्रान्तिकारीद्वारा चीनमा रहेका नेपाली विद्यार्थीहरूलाई तत्काल उद्धार गर्न माग

२०७६ माघ २७ गते, सोमबार

काठमाडौँ, २७ माघ । अखिल क्रान्तिकारीले चीनमा रहेका नेपाली विद्यार्थीहरूलाई तत्काल उद्धार गर्न माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीका केन्दीय अध्यक्ष चिरन्जीवी ढकाल विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् ।अध्यक्ष ढकालले अहिले सम्म पनि १८५ जना विद्यार्थी र अन्य नागरिकहरू लगायत उहानमा बन्दक र स्वदेश फिर्ताको प्रतिक्षामा भएको स्थिति प्रति ध्यानाकर्षण भएको जनाउदै सरकारको नागरिकहरूको जीवन प्रति प्रदर्शन गरेको हदैसम्मको लापरवाही एवं गैह्रजिम्मेवारपन प्रति घोर निन्दा एवं भ्रत्सर्ना गरेका छन । साथै उनले सम्वन्धित निकायलाई तत्काल आवश्यक पहल गरी चीनमा वन्दक अवस्थामा रहेका र जीवन रक्षाको माग गरिरहेका नेपाली नागरिकहरूलाई तत्काल उद्धार गरी स्वदेश ल्याउन जोडदार माग समेत गरेका छन।
यस बिषयमा अखिल क्रान्तिकारीका केन्दीय अध्यक्ष चिरन्जीवी ढकालले जारी गरेको विज्ञप्ति यस प्रकार रहेको छ –
“चीनमा रहेका नेपाली विद्यार्थीहरूलाई तत्काल उद्धार गर्न माग
चीनमा फैलिएको प्राणघातक नोभल कोरोना भाईरस र त्यसबाट भएको जनधनको क्षतिप्रति हाम्रो संगठन गहिरो समवेदना एवं दुख व्यक्त गर्दछ । साथै विश्वव्यापी रूपमा फैलिएको कोरोना भाईरसवाट सचेत रहन र नियन्त्रणमा सफलता प्राप्तिको निम्ति चिनियाँ सरकार र जनतालाई शुभेक्षा व्यक्त गर्दछौँ ।
यसै सन्दर्भका चीनको हुवेई प्रान्त र त्यसको राजधानी उहान शहरबाट फैलिएको कोरोभा भाईरसबाट अहिले सम्म ८०० जना भन्दा बढी मानिसहरूको ज्यान गईसकेको छ र ३७ हजार भन्दा बढीमा संक्रमण भएको पुष्टी भएको छ । विभिन्न देशहरूले चीनमा भएका उसका नागरिकहरूलाई आफ्नो देश फर्काइसकोको अवस्थामा अहिले सम्म पनि १८५ जना विद्यार्थी र अन्य नागरिकहरू लगायत उहानमा बन्दक र स्वदेश फिर्ताको प्रतिक्षामा भएको स्थिति प्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । सरकारको नागरिकहरूको जीवन प्रति प्रदर्शन गरेको हदैसम्मको लापरवाही एवं गैह्रजिम्मेवारपन प्रति हाम्रो संगठन घोर निन्दा एवं भ्रत्सर्ना गर्दछ । साथै सम्वन्धित निकायलाई तत्काल आवश्यक पहल गरी चीनमा वन्दक अवस्थामा रहेका र जीवन रक्षाको माग गरिरहेका नेपाली नागरिकहरूलाई तत्काल उद्धार गरी स्वदेश ल्याउन जोडदार माग गर्दछाँै । ”

प्रतिक्रियाहरु