अखिल क्रान्तिकारीद्वारा स्ववियु निर्वाचनको विरोध

२०७१ बैशाख ९ गते, मंगलवार


काठमाडौं, ९ बैशाख। नेकपा – माओवादी र एकीकृत माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले स्ववियु निर्वाचनको विरोध गरेका छन् ।त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको मिति घोषणा गरेपछि उनीहरुले त्यसको विरोध गरेका हुन् ।नेकपा–माओवादी निकटको अखिल(क्रान्तिकारी)का सचिव सुरेश गौतमले एकलौटी तवरले गरिएको निर्वाचनको घोषणा गलत मनसायले निर्देशित भएको भन्दै आपत्ती प्रकट गरे ।
यस्तै एमाओवादी निकट अखिल(क्रान्तिकारी)का उपाध्यक्ष रमेश मल्लले त्रिविले एकलौटी रुपमा निर्वाचनको मिति घोषणा गरेकाले त्यो आफूहरूलाई स्वीकार्य नहुने बताए ।
यद्यपी निर्वाचनको मिति घोषणालाई नेपाल विद्यार्थी सङ्घ र अनेरास्ववियुले भने स्वागत गरेका छन् । उनीहरुले निर्वाचन सफल पार्न सबै विद्यार्थी संगठनहरु एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।विश्वविललयले सोमबार आगामी जेठ १४ गतेको लागि निर्वाचनको मिति घोषणा गरेको थियो ।

प्रतिक्रियाहरु