अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन सुरु

२०७४ फाल्गुन २७ गते, आईतवार

काठमाडौं, २७ फागुन । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)को २१औं राष्ट्रिय सम्मेलन दाङमा शुरु भएको छ । दाङको घोराहीमा सम्मेलनका कार्यक्रम शुरु भएको हो ।
सम्मेलन बिथोल्ने उद्देश्यले संगठनका महासचिव दीपेन्द्र चलाउनेलाई यही फागुन ११ गते काठमाडौंबाट प्रहरीले गिरफ्तार गरी हिरासतमा राखिएको छ । हाल महासचिव चलाउने कमलपोखरीस्थित प्रहरी वृत्तको हिरासतमा छन् । ‘वैज्ञानिक समाजवादी शिक्षा र सुदृढ संगठनका लागि २१औं राष्ट्रिय राष्ट्रिय सम्मेलन’ मुख्य नारासहित सम्मेलन सम्पन्न हुँदैछ । तीन दिनसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्वको चयन गर्नेछ ।

प्रतिक्रियाहरु