अखिल क्रान्तिकारीको कार्यक्रममा प्रहरी दमन

२०७३ बैशाख २० गते, सोमबार

काठमाडौँ, २० वैशाख । नेकपा माअाेवादी निकट अखिल क्रान्तिकारीको आन्दोलनमा प्रहरीले दमन गरेको बताइएकाे छ । गिरफतार अखिल क्रान्तिकारीको नेता प्रकाश अधिकारीको रिहाइको माग गर्दै भएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेकाे क्रान्तिकारीका उपत्यका बिशेष संयोजक लाेकेश बिश्वकर्मा बताए । आज बिहान ११ बजे भएको जिल्ला शिक्षा घेराउ कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेकाे हो । सो कार्यक्रमवाट केही बिद्यार्थी नेताहरुलाइ समेत गिरफतार गरेको बताइएको छ । गिरफतार हुनेहरुमा केन्द्रिय सदस्य कलम बडुवाल,काठमाडौ जिल्ला सदश्य महेन्द्र तामाङ ,सुमन अधिकारी ,रोजिना चौलागाईं र क्याम्पस जिल्ला सदस्य उषा किरण रहेकाे संयोजक लोकेश विश्वकर्माले बताए । उनले भने -गिरफ्तार सम्पुर्ण साथिहरुको यथा शिघ्र रिहाइको माग गरेका गदर्छाैँ । अन्यथा परिस्थिति थप जटीलतातिर जाने छ । त्यसकाे परीणाम सरकारले भाेग्नु पर्नेछ। अधिकारीलाइ केही अगाडी काठमाडौँका जिल्ला शिक्षा अधिकारी शंकर गाैतमलाइ कालोमोसो दलेको आरोपमा प्रहरीले गिरफतार गरेको थियो । उनि जेल भित्रै अामरण अनशनमा समेत बसेका छन ।। यता क्रन्तिकारीले २१ गते जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने र प्रत्येक कलेजअगाडी बिद्यार्थी प्रदर्शन गर्ने जानाइएको छ भने वैशाख २२ गते जिल्ला शिक्षा कार्यालयका . कर्मचारीलाई कार्यालय प्रबेशमा रोक लगाउने तथा २३ र २४ गते सैक्षिक सस्थाका प्रशासनमा तालाबन्दी गर्ने तथा २५ गतेदेखि सैक्षिक सस्थामा अनिश्चितकालिन तालाबन्दी गर्ने जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु