अखिल क्रान्तिकारीका ६ विद्यार्थी गिरफ्तार

२०७५ आश्विन ७ गते, आईतवार

काठमाडौं , ७ असोज । कास्कीको पोखरा रामबजारबाटबाट भित्तेलेखनमा खटिइरहेका बेला नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ल सचिव पवन पुन, सदस्यहरु राविन्द्र राई, सूर्य गुरुङ, गगन परियार, उज्ज्न पुन र सागर विकलाई प्रहरीले गिरफ्तार गरी हिरासतमा राखिएको छ ।
उनीहरु पार्टीको गएको भदौ १ गतेबाट शुरु गरेको चार महिने एकीकृत जनजागरण अभियान अन्तर्गत ‘संगठन विस्तार तथा सुदृढ’ कार्यक्रमका क्रममा प्रचारप्रसार तथा भित्तेलेखनमा अभियानमा थिए ।
पछिल्लो समयमा नेकपाका नेता कार्यकर्तामाथि सरकारले चरम दमन र गिरफ्तार साथै विभिन्न अभियोग लगाउने क्रमलाई झनै तीव्रता दिइरहेको छ । यसैकारण सरकारमाथि चौतर्फी आलोचना र टिप्पणी भइरहेको छ ।
तैपनि उसले बेवास्ता गर्दै आएको छ । संविधानसँग ‘असन्तुष्ट पक्षहरु’ भनेर वार्ता टोली गठन गरिसकेको अवस्थामा पनि संविधानलाई अस्वीकार गर्दै आइरहेको नेकपाप्रति झनै चर्को दमन र शान्तिपूर्ण राजनीतिक कार्यक्रममाथि चर्को हस्तक्षेपमा उत्रिएको छ ।
नेकपाले भने इमान्दारीपूर्वक वार्ता गर्न सरकारसँग राजनीतिक गतिविधिको रोक बन्द गर्नुपर्ने, गिरफ्तार नेता कार्यकर्तालाई बिनासर्त रिहा गर्नुपर्ने, झुठा मुद्दा फिर्ता गर्नुपर्ने लगायत माग राख्दै आएको छ ।

प्रतिक्रियाहरु