अखिल (क्रान्तिकारी)का महासचिव शाहीसहित तीन नेता गिरफ्तार

२०७५ बैशाख १२ गते, बुधबार

काठमाण्डौ, १२ वैशाख । नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थि संगठन अखिल (क्रान्तिकारी)का महासचिव सहित तीन जना बिद्यार्थी नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । आज दिउँसो काठमाण्डौको वागबजारबाट महासचिव प्रकाश शाही , ललित बिक र रबिन केसिलाई गिरफ्तार गरेको हो ।
यसैगरी, प्रहरीले आज मात्रै ललितपुर र मकवानपुरका जिल्ला सेक्रेटरी सहित आधा दर्जन नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ । आज बिहान नेकपा ललितपुर जिल्ला सेक्रेटरी विपिनलाई झरुवाबारीबाट प्रहरीले गिरफ्तार गरेको छ । सेक्रेटरी विपिन सँगै जिल्ला सदस्य मोहन सिबाकोटिलाइ पनि गिरफ्तार गरेको छ। उनिहरुलाई किन गिरफ्तार गरियो भन्नेबारे प्रहरीले जानकारी दिएको छैन । उता मकवानपुर जिल्ला सेक्रेटरी वाटरलाई पनि आजै प्रहरीले गिरफ्तार गरेको छ । उनलाई हेटौडा नगरपालीका वडा नम्बर १८ बाट गिरफ्तार गरेको जनाईएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु