अखिल क्रान्तिकारीका नेता ढकाललाई एक दिन र नरेन्द्रलाई ६ दिन म्याद थप

२०७६ फाल्गुन १२ गते, सोमबार

काठमाडौं, १२ फागुन । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष चिरन्जिबी ढकाललाई एक दिन र केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बिकलाई ६ दिन म्याद थप गरेको छ । उनीहरु दुबैलाई प्रहरीले अभद्र ब्याबहार को मुदा चलाएको छ ।
ढकलालाई २५औं जनयुद्ध दिवस मनाउने क्रममा पनि गिरफ्तार गरी हिरासतमै राखेको छ । बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि भएको बहसपछि सर्वोच्च अदालतले ढकाललाई रिहा गर्न आदेश दिएको थियोे । तर रिहा भएलगत्तै प्रहरीले ढकाललाई पुनः अदालतको गेटबाटै पुनः पक्राउ गरेको थियो ।
यता , कोषाध्यक्ष नरेन्द्र विकलाई हिरासतमा करेन्ट लगाएर यातना दिएको खुलासा भएको छ । प्रहरीले सोमबार दिउँसो १ः३० बजे मध्य बानेश्वरबाट गिरफ्तार गरि विकलाई अपराध महाशाखा, टेकु पुर्याएको थियो । नरेन्द्र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डका छोरा हुन् । उनलाई प्रहरीले प्रकाण्ड कहा छन ? पार्टीको भावी योजना के छ ? भन्दै हिरासत भित्रै निर्घात कुटपिट गर्नुका साथै करेन्ट लगाएर बयान लिएको बुझिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु