अखिल (क्रान्तिकारी)का केन्द्रीय नेता जेल चलान

२०७६ जेष्ठ ३० गते, बिहीबार

काठमाडौं, ३० जेठ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष मदन चन्द धरौटी रकम तिर्न नमान्दा कारागार चलान भएका भएका छन् । बाँके जिल्ला अदालतमा बुधबार भएको वहसपछि उनलाई पचास हजार धरौटी तिरेर रिहा गर्न आदेश दिइए पनि उक्त धरौटी रकम तिर्न नमान्दा कारागार चलान भएका हुन् । चन्दको पक्षमा अधिवक्ता शिव शुन्दर शाही, जयराज जैशी लगायतले बहस गरेका थिए । गत जेठ १ गते ५४ औँ विद्यार्थी दिवसको अवसरमा काठमाडौँको शान्तिवाटीकामा आयोजित ५४ औँ विद्यार्थी दिवसको अवसरमा आयोजित कार्यक्रम स्थलबाट प्रहरीले गिरफ्तार गरेको थियो ।
उनलाई महानगरीय ट्राफिक प्रहरी परिसर दरवारमार्गमा राखी काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा प्रहरीमाथि दुव्र्यवहार गरेको मुद्दा दर्ता गराएको थियो । २६ दिनको हिरासत बसाइपछि गत जेठ २६ गते १० हजार धरौटी तिरेर रिहा हुने वित्तिकै पुनः गिरफ्तार गरी २७ गते बिहान बाँके ल्याइएको थियो । केपी–पिके सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबद्ध लगाइसकेपछि नेता–कार्यकर्ता, समर्थकलाई प्रहरीले समात्ने र अदालतबाट छुट्ने क्रम निरन्तर चलिरहेको छ । हालसम्म पार्टी र बिभिन्न जवस मोर्चाका करिव ६ सय नेता तथा कार्यकर्ताहरु प्रहरी हिरासतमा छन् ।

प्रतिक्रियाहरु