अखिल क्रान्तिकारीका अध्यक्ष र कोषाध्यक्ष गिरफ्तार

२०७४ आश्विन २६ गते, बिहीबार

काठमाडौं, २६ असोज । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीका अध्यक्ष र कोषाध्यक्षलाई प्रहरी गिरफ्तार गरेको छ । प्रहरीले अखिल क्रान्तिकारीका कास्कीका अध्यक्ष काजी गुरुङ र कोसाध्यक्ष मोहन बरामलाई विहीबार गिरफ्तार गरेको छ । भित्तेलेखनको क्रममा दुबै जनालाई प्रहरी गिरफ्तार गरेको बताइएको छ । उनीहरुलाई राम बजार प्रहरी चौकीमा राखिएको छ । नेकपाका जिल्ला सेक्रेटरीसहितका नेताहरुलाई रिहा गरेको २४ घण्टा नवित्दै अखिल क्रान्तिकारीका नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको हो ।

प्रतिक्रियाहरु