अखिल(क्रान्तिकारी)द्वारा राज्य दमनको कडा प्रतिरोध गर्ने उद्घोष

२०७६ आश्विन १२ गते, आईतवार

काठमाडौं, १२ असाेज । अखिल (क्रान्तिकारी)ले राज्य दमनको देशव्यापी कडा प्रतिरोध गर्न सम्पूर्ण युवा विद्यार्थीलाई अाह्वान गरेको छ । सो संगठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय सचिवालय सदस्य विरेन्द्र विक, केन्द्रीय सदस्य शारदा भण्डारी र नवीन खड्कालाई संगठनकाे काममा रहेकाे बेला नवलपुरबाट र केन्द्रीय सदस्य प्रकाश विकलाई बाँकेको नेपालगञ्जबाट गैरन्यायिक गिरफ्तार गरिएको भन्दै घाेर भत्सर्ना एवं निन्दा गरेको छ । अध्यक्ष ढकालले गिरफ्तार सबै जनालाई विना सर्त तत्काल रिहा गर्न माग गरेका छन । साथै राजनैतिक अास्थाका अाधारमा अखिल (क्रान्तिकारी) माथि गरिएको राज्य दमनको देशव्यापी कडा प्रतिरोध गर्न सम्पूर्ण युवा विद्यार्थीहरूलाई अाह्वान गरेका छन । देशव्यापी रूपमा अाफ्नाे संगठनमाथि गरिएको दमन तत्काल बन्द गर्न र गिरफ्तार सबैलाई तत्काल रिहाइ गर्न जाेडदार माग गरेको छ अन्यथा संघर्षबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् सरकार हुने चेतावनी विज्ञप्तिमा दिइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु