अक्टोवर क्रान्ति र नेपाल – वैरागी जेठा

२०७४ कार्तिक ४ गते, शनिबार

क्लोद आद्रियनहरू
सम्झिरहेछु म
राम हर्मनहरूका
मीठा सपनाहरू खोजिरहेछु
हाइनेहरू पढिरहेछु
नेपालले कसरी मनाउँदै छ
अक्टोवर क्रान्ति दिवस
सैँपालमा बसेर हेरीरहेछु
क्रान्ति नभएको हैन
जनता नजुटेको हैन
तिमीले क्रान्ति बुझेनौँ
क्रान्ति चिप्लेको पत्तै पाएनौ
तिमी कस्तो कुरा गरिरहेछौ
तिम्रो कुरामा गुदी नै छैनन्
साँच्चै भन्ने हो भने
हाइनेहरूलाई तिमीले पढेकै छैनौ
लुसुन र गोर्कीहरू बुझेका छैनौ
अनि पुस्किन
झन लेनिन कसरी बुझ्यौ होला
लेनिन नबुझेर नै तिमीले अक्टोवर कसरी बुझेहौला
स्टालिन नहुँदा हुन्
रसिया क्रान्ति सम्भव थिएन
हाम्रो नेपालमा
खै
ति लिडरहरू आउँदै आएन
मैले स्टालिनहरूकै पाउ समाएर
असनको बजारमा मशाल कुदाएकै हुँ
तिमी मलाई गद्दार भनिरहेछौ
थुक्क थुकिरहेछौ
तिमीलाई अक्टोरवर क्रान्तिको पक्षधर ठानौ
रोक सब ,नक्ली आँखाहरू
मैले हत्केलामा उठाएका
राता झलल झलल
सुन्दर मशालहरू
थाहा छ मलाई
जुद्ध शम्सेरले ननिभाएको
मेरो हातको मशाल
तिमी निभाएर
अक्टोवर क्रान्तिको सम्झना गरिरहेछौ
कति आतुर
मेरो मुखमा थुक्न
विधी र विधान विपरीत हिँडेर
खै के गर्लाऊ
अक्टोवर क्रान्ति ?

प्रतिक्रियाहरु