७८ जना सवार विमान दुर्घटनामा

२०७४ फाल्गुन २८ गते, सोमबार

काठमाडौं, २८ फागुन । युएस बंगलाको विमान दुर्घटनामा परेको छ । बंगलादेशको ढाकाबाट आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा दुर्घटना परेको हो । विमानमा ७८ जना सवार रहेको र अधिकांशको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेमध्ये केहीलाई उपचारका लागि केएमसी अस्पतालमा लगिएको बताइएको छ ।
विमान सोमबार दिउँसो २ बजेर १९ मिनेटमा दुर्घटना भएको हो । विमानमा उद्दारकार्य जारी रहेको छ । विमानमा लागेको आगो भने नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । अहिले त्रिभुवन विमानस्थलका सबै उडान र अवतरण स्थगित गरिएको छ । दुर्घटनाबारे विस्तृत् विवरण आउन बाँकी छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु