७३ वर्षे वृद्धाले जुल्याहा छोरी जन्माइन् !

२०७६ भाद्र २० गते, शुक्रबार

काठमाडौं, २० भदौ । भारतको आन्ध्र प्रदेशस्थित गुटुर जिल्लाकी ७३ वर्षीया वृद्धाले जुम्ल्याहा बालिकालाई जन्म दिएकी छिन् । बुधबार स्थानीय एक अस्पतालमा ती महिलाले जुम्ल्याहा बच्चा जन्माएकी थिइन् । यरामती मंगायम्मा नामकी उनको उमेर ७३ वर्ष रहेको अस्पतालले समेत पुष्टि गरेको छ । सिजरिड गरेर दुवै बच्चालाई सकुसल जन्म दिएको अस्पतालले जानकारी दिएको छ । उनको शल्यक्रिया गेरेकी डाक्टर उमा शंकरले अपरेशन गरी दुवै बालिकालाई सकुशल जन्मदिन सफल भएको बताए । बिबिसीका अनुसार डा उमा शङ्करले भनेकी छन्, ‘आमा र दुवै बच्चाको स्वास्थ्य सामान्य छ । शिशुहरूलाई २१ दिनसम्म चिकित्सकको निगरानीमै राखिनेछ ।
यस घटना लगत्तै जुम्ल्याह बच्चालाई जन्म दिने सबैभन्दा वृद्ध महिलाको विश्व रेकर्डमा यरामतीको नाम दर्ज हुने भएको छ । यसअघि स्पेनकी मारिया डेल कार्मेन बाउसाडा लाराको नाममा यो रेकर्ड थियो । लाराले सन २००६ मा ६६ वर्षको उमेरमा जुम्ल्याहा बच्चा जन्माएकी थिइन् । जुम्ल्याहा बच्चा जन्माएपछि मङ्गायम्माको खुसीको सीमा रहेन । उनले भनेकी छिन्, ‘मानिसहरूले मलाई बाँझी भनेर हेला गर्थे, मैले धेरै पीडा झेलेकी छु । अतः मैले बच्चा जन्माउने निर्णय गरेँ र सफल पनि भएँ । मेरो जीवनको यो सबैभन्दा खुसीको क्षण हो । हुन त बिहे गरेकाे लामाे समयसम्म उनकाे काेखबाट बच्चा जन्मन सकेकाे थिएन । श्रीमान् एरामती सीताराम राजारावसँग उनको बिहे सन् १९६२ को मार्च २२ तारिखमा भएको बताइएकाे छ । सन्तान जन्माउन उनीहरूले धेरै ठाउँमा उपचार गराएका थिए तर अाखिरी क्षणमा उनीहरुले डाक्टरकै निगरानीमा रहेर बच्चा जन्माउन सफल भएका हुन् । -एजेन्सी ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु