६ महिनामा ३० प्रतिशत मूल्यवृद्धि

काठमाडौं, २ जेठ । सरकारी मौनताको फाइदा उठाउँदै फलामे निर्माण सामाग्री उत्पादन गर्ने कम्पनीहरुले ६ महिनाको अवधिमा ३० प्रतिशतसम्म मूल्य बढाएका छन् । अधिकांश कम्पानीले खुद्रा व्यापारीलाई सर्कुलर पाठउँदै घर बनाउँदा सबैभन्दा धेरै प्रयोग हुने छडको मूल्य किलोको सय रुपैयाँ हाराहारी पुर्याएका छन् ।
असोजमा यसको मूल्य प्रतिकेजी ७२ रुपैयाँ हारहारी थियो । निर्माण समाग्रीको कारोबार गर्ने खुद्रा व्यापारीका अनुसार फलामे डन्डी, जस्तापाता र स्वायर पाइप जस्ता सामाग्रीमा ६ महिनाको अवधिमा ३० प्रतिशतभन्दा धेरै मूल्य वृद्धि गरिएको छ । -नागरिक दैनिकवाट

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>