५ रुपैयाँको माक्सलाई ५० रुपैयाँ !

२०७६ फाल्गुन २६ गते, सोमबार

काठमाडौं, २६ फागुन । नेपाली बजारमा माक्सको अभाव मात्रै होइन, कालोबजारी समेत मौलाउन थालेको छ । हामीले केही दिन अगाडि काठमाडौंका विभिन्न फार्मेसीहरुमा पुगेर माक्सको बारेमा अनुगमन गर्दा अधिकांशले ‘नो माक्स, सरी’ भन्ने सूचना टाँस गरेका पायौं ।फार्मेसी सञ्चालकहरुले माक्स उपलब्ध गराउने डिलरले नै ९ सय रुपैयाँमा पाइने माक्सलाई १५ सयदेखि १८ सय रुपैयाँसम्म लिन थालेपछि माक्स बेच्न नसकिएको बताएका छन् । तर, केही फार्मेसीहरुले भने पाँच रुपैयाँमा पाइने सामान्य सर्जिकल माक्सलाई २५ देखि ५० रुपैयाँसम्ममा बेच्ने गरेका छन् । काठमाडौंस्थित औषधि व्यवस्था विभागले गरेको अनुगमनका क्रममा केही फार्मेसीले मास्क लुकाएर राखेको पाइएको थियो ।
अहिले सरकारी अस्पतालका फार्मेसीहरुमा समेत माक्स पाइदैन । काठमाडौंमा रहेका चिनिया नागरिकले महंगो मूल्यमा खरिद गरी चीन पठाएका कारण माक्स अभाव भएको केही व्यापारीहरुको भनाइ छ । अहिले काठमाडौंमा मात्र नभई सबै जिल्लामा माक्सको अभाव छ । पोखराका २ फार्मेसी ‘परी मेडिकल हस्पिटल र स्याङ्जा औषधि पसल’ले ५ रुपैयाँ पर्ने सर्जिकल माक्सलाई ३० रुपैयाँ र ८० रुपैयाँ पर्ने माक्सलाई ४५० रुपैयाँमा बेचेको पाइएपछि जिल्ला प्रशासन कार्यालयले पसल सिल गरी ५०/५० हजार रुपैयाँ धरौटी लिएको छ ।
त्यस्तै, अहिले सुर्खेत, झापा, बुटवलमा पनि माक्स अभाव छ । त्यसोत, भारतसँग खुल्ला सीमा रहेको कैलाली कञ्चनपुरमा समेत माक्स अभाव भएको छ । भारत सरकारले माक्स निर्यातमा प्रतिबन्ध लगाएपछि सीमा नाकामा समेत माक्स अभाव भएको हो । जनकपुरमा समेत माक्स तथा सेनिटाइजरको अभाव छ । अहिले माक्स मात्र नभई हात सफा गर्ने ह्याण्ड सेनिटाइजरको समेत बजारमा कालो बजारी र अभाव हुन थालेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार