५० वर्षअघि खिचिएका फोटो प्रदर्शनी

काठमाडौं, ३० पुस । छैठौं म्याग्दी महोत्सव एवं माघे संक्रान्ति मेला तथा ४ नम्बर प्रदेशस्तरीय कृषि, औद्योगिक, व्यापारिक एवं पर्यटकीय मेलाको अवसरमा म्याग्दीको सदरमुकाम बेनीमा ५० वर्षअघि खिचिएका फोटोको प्रदर्शनी गरिएको छ । प्रदर्शनीमा ५० वर्षअघिको म्याग्दीको भूगोल, जनजीवन, संस्कृति र कृषिसँग सम्वन्धित ५० वटा फोटो प्रदर्शनीमा राखिएका छन् ।
५० वर्ष अघि एक अमेरिकी नागरिकले म्याग्दी जिल्लाका विभिन्न ठाउँमा पुगेर खिचेका तस्वीर प्रदर्शनीमा राखिएका हुन् । यी तस्वीरले तत्कालिन म्याग्दीको भूगोल र जनजीवनलाई बुझ्ने र देख्ने अवसर दिएको फोटो प्रदर्शनीका संयोजक भोजबहादुर रिजालले बताए । त्यसका साथै म्याग्दीका पत्रकार र फोटोग्राफरहरुले विभिन्न समयमा खिचेका तस्वीर पनि प्रदर्शनीमा राखिएको छ । शुक्रबारदेखि सुरु भएको छैठौं म्याग्दी महोत्सव माघ ८ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>