३३ केजी सुन काण्डमा संलग्नको सम्पत्ति रोक्का

२०७५ बैशाख ३ गते, सोमबार

काठमाडौं, ३ बैशाख । ३३ केजी सुन काण्डमा संलग्न सनम शाक्यको हत्या आशंकामा पूर्वी नेपालका केही सुन व्यपारीसहित ३८ जना व्यक्ति अनुसन्धानमा तानिएका छन् । सनमको हत्या आशंकामा तानिएका विरुद्ध प्रहरीले सम्पूर्ण कारोवार रोक्का गरी अनुसन्धान थालेको छ । अनुसन्धान तानिएका २१ जना भने फरार छन् । प्रहरीले हालसम्म १७ जनालाई मात्र पक्रोको छ । सुनकाण्डमा उर्लावारीका समन शाक्यको हत्यापछि घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयका सहसचिव इश्वर पौडेलको नेतृत्वमा एक टोली गठन गरिएको छ । पौडेलको टोली पूर्व गएपछि ३८ जनाको सम्पत्ति रोक्का गरी उनीहरुमाथि अनुसन्धान थालेको उच्च प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीले चैत २६ गते अनुसन्धानकालागि ३८ जनाको सबै कारोवार रोक्का गर्न अदालतसँग आदेश मागेको थियोे । अदालतले चैत २६ गते नै अनुसन्धानकालागि ३८ जनाको बैक खाता, जग्गालगायत सम्पत्ति रोक्का गर्न अनुमति दिएको थियो ।
गत चैत २६ गते मोरङबाट पक्राउ परेका १७ जनालाई थप अनुसन्धान गर्न म्याद थपिएको छ । फरार सूचिमा ३३ किलो सुन आयात र समन शाक्य हत्या प्रकरणमा नाइके भनिएका चुणामणी उप्रेती ‘गोरे’ पनि छन् । गोरेका केही आफन्त पनि प्रहरीको खोजी सूचिमा छन् । १९ फागुनमा सनमकोे शव राखिएको स्करपियो विराटनगर–३ मा फेला परेको थियो । शाक्यको हत्यापछि खुलेको ३३ किलो सुन काण्डमा प्रहरीकै संलग्नता भएको आशंकामा गृहमन्त्रालयले छानविन समिति बनाएको हो । तस्करी गरी ल्याएको सुन बाटोबाटै हराएपछि तस्करहरुले खोजीका लागि यातना दिने क्रममा भरिया सनम शाक्यको मृत्यु भएको आशंका छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार