२४ औं पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण !

२०७६ जेष्ठ ७ गते, मंगलवार

काठमाडौं, ७ जेठ । कामीरिता शेर्पाले २४ औं पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर पुनः आफ्नै रेकर्ड तोडेका छन्। उनले मंगलबार बिहान ६ बजेर ३८ मिनेटमा २४ औं पटक सरमाथाको सफल आरोहण गरे । यो सँगै ४९ वर्षीय कामिरिता २४ पटक सगरमाथाको चुचुरोमा पुग्ने संसारकै पहिलो आरोही बनेका छन्। शेर्पाले नेपाली मोहोडाबाट शिखर चुम्दै कीर्तिमान राखेको आरोहण कम्पनी सेभेन समिटले जनाएको छ । आजको आरोहणसँगै
यस अघि २३ चोटी सगरमाथा चढ्ने रेकर्ड पनि उनकै नाममा थियो । सन् १९९४ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पाइला राखेका कामिरिताले २५ पटक सगरमाथाको शिर चुम्ने लक्ष्य समेत राखेका छन् ।

प्रतिक्रियाहरु