१९ औं शताब्दीको पानी जहाज एल्बे नदीमा डुब्यो

२०७६ जेष्ठ २७ गते, सोमबार

काठमाडौं, २७ जेठ । १९ औं शताब्दीमा निर्माण गरिएको र हालै ठूलो रकम खर्च गरेर मर्मत गरिएको एउटा पानी जहाज जर्मनीको एल्बे नदीमा डुबेको छ । ‘नम्बर फाइभ स्कूनर’ नाम गरेको पानी जहाज सामान बोक्ने अर्को पानी जहाजमा ठोक्किएर डुबेको हो । सो जहाज हालै मात्रै १७ लाख अमेरिकी डलर खर्च गरेर मर्मत गरिएको थियो । जर्मनीको उत्तरी शहर ह्यामबर्गस्थित एल्बे नदीमा पानी जहाज डुब्बा केही घाइते भएका छन् । पानी जहाजमा रहेका सबै ४३ जनालाई नजिकै रहेको डुंगाको सहयोगमा उद्धार गरिएको बताइएको छ । यो जहाज सन् १८८३ मा निर्माण भएको थियो ।- एजेन्सी

प्रतिक्रियाहरु