१,८३१ चालक कारवाहीमा

२०७४ मंसिर १५ गते, शुक्रबार

काठमाडौं, १५ मंसिर । उपत्यका ट्राफिक प्रहरी महाशाखाले सवारी नियम उल्लंघन गर्ने १,८३१ चालकलाई कारवाही गरेको छ । बिहीबार राजधानीका विभिन्न स्थानमा सवारी नियम उल्लंघन गरेको अवस्थामा पाइएका उनीहरुलाई कारवाही गरिएको हो । महाशाखाका अनुसार कारवाहीमा पर्नेमध्ये ४६१ जना चालक लेनअनुशासन पालना नगरेको अवस्थामा फेला परेका हुन् । त्यस्तै ८५ जना मादक पदार्थ सेवन गरी सवारी चलाएको अवस्थामा फेला परेका छन् भने ५८ जना जथाभावी हर्न बजाएबापत कारवाहीमा परेका हुन् । त्यस्तै जथाभावी पार्किङ गर्ने, आवश्यक काजगात नबोकि सवारी चलाउने चालकहरु पनि कारवाहीमा परेका छन् ।
यसैबीच ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन दिनखोज्ने एक जनालाई गौशालाबाट नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ । पछिल्लो समय ट्राफिक प्रहरीले आर्थिक प्रलोभन दिन खोज्ने चालकमाथिको कारवाहीलाई पनि प्राथमिकता दिदैं आएको छ । जसअनुसार केही दिन यता दैनिकजसो त्यस्ता व्यक्ति पक्राउ पर्दै आएका छन् । उनीहरुलाई सार्वजनिक अपराध ऐन अन्तर्गत कारवाही हुने महाशाखाले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार