१६४० चालक कारवाहीमा

काठमाडौं, २६ पुस । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौं उपत्यकामा मंगलबार सवारी नियम उल्लंघन गर्ने एक हजार ६४० चालक कारवाहीमा परेका छन् । कारवाहीमा पर्नेहरुमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७३ जना, लेन अनुशासन उल्लंघन गर्ने एक सय ६१ जना छन् ।
त्यस्तै निषेधिक स्थानमा पार्किङ गर्ने ११५, जथाभावी हर्न बजाउने ४५, अन्य विभिन्न शीर्षकमा एक हजार २ सय ४६ चालक कारवाहीमा परेका छन् । सोमबार उपत्यकामा सवारी नियम उल्लंघन गर्ने एक हजार ५९१ चालक कारवाहीमा परेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>