१४ जना जुवाडे पक्राउ , ७ लाख रुपैयाँ बरामद

२०७६ पुष २१ गते, सोमबार

काठमाडौं , २१ पुष । प्रहरीले भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाबाट १४ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । मध्यपुर ठिमी नगरपालिका–९ निलबाराही स्थित निलबाराही रिसोर्टमा जुवातास खेल्ने १४ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको हो । समातिएका व्यक्तिबाट ६ लाख ८४ हजार १ सय २० नेपाली रुपैयाँ र ७ हजार ६ सय ६० भारतीय रुपैयाँ गरी ६ लाख ९६ हजार ३ सय ७६ नेपाली रुपैयाँ बरामद भएको महानगरीय प्रहरी बृत्त ठिमीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा निलबाराही रिसोर्टका सञ्चालक सुरेश श्रेष्ठसहित सोही ठाउँका ३७ वर्षीय उमेश लगायतका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

पेस्तोलसहित एकजना पक्राउ

२०८० चैत्र १६ गते, शुक्रबार

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार