१३ सय ५५ छाउगोठ भत्काइयो

२०७६ पुष २८ गते, सोमबार

काठमाडाैं, २८ पुष । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक देवबहादुर बोगटीका अनुसार अहिलेसम्म अछाममा सबैभन्दा बढी १ हजार तीन सय ५५ वटा छाउगोठ भत्काइएको छ । उपरीक्षक बोगटीका अनुसार कैलालीमा १ सय ३५, कञ्चनपुरमा ४, बाजुरामा ५ र बझाङामा ३६ गरी १ हजार ५ सय ३५ छाउगोठ भत्काइ सकिएका छन् । प्रहरी परिचालन गरेर सबैतिर छाउगोठ खोज्दै भत्काउने कार्य जारी रहेको बताइएको छ । बैतडी, दार्चुला, डडेल्धृुरा र डोटीमा अहिलेसम्म छाउगोठ फेला नपरेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । छाउपडी कुप्रथाकै कारण अछाममा १० वर्षमा १४ किशोरी तथा महिलाले ज्यान गुमाएका छन् ।
सरकारको निर्देशनपछि २०६२ सालमा कुरीति घोषणा गर्दै छाउपडी प्रथा उन्मुलन सम्बन्धी निर्देशिका २०६४ समेत जारी गरिएको थियो । सरकारले कुरीति घोषणा गरेको ११ वर्ष भइसक्दा पनि छाउपडी प्रथा पूरै हट्न सकेको थिएन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार