१२२ चिनियाँलाई लैजान विमान आउँदै

२०७६ पुष २३ गते, बुधबार

काठमाडौं , २३ पुष । दुई साताअघि पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई अध्यागमन विभागले नेपाल प्रवेशमा प्रतिबन्ध लगाउँदै चिनियाँ दूतावाससँगको समन्वयमा स्वदेश फर्काउन लागेको छ । नेपालमा बसेर चीनविरुद्ध गतिविधि गरेको आरोप लगाइएका १२२ जना चिनियाँलाई लिन बुधबार अपराह्न चीनका दुईओटा विमान नेपाल आउने भएका छन् । चाइना साउदर्न र चाइना इस्टर्नका दुईओटा विमान बुधबार अपराह्न काठमाडौं आउने र ती विमानबाट उनीहरुलाई साँझ चीन लगिने तयारी गरिएको हो । काठमाडौंस्थित चिनियाँ दूतावासले १२२ जनाका लागि चीन प्रवेशको अनुमतिपत्र अध्यागमन विभागलाई बुझाइसकेको छ ।
पक्राउ परेकामध्ये ६७ जनासँग पासपोर्टसमेत नरहेकाले चिनियाँ दूतावासले ‘इन्ट्री डकुमेन्ट’ अध्यागमन विभागलाई उपलब्ध गराएको हो । चाइना साउदर्नको विमानमा ८० जना र चाइना इस्टर्नको विमानमा ४२ जनालाई राखेर लगिनेछ ।

प्रतिक्रियाहरु