ह्वाइट हाउसमा सुरक्षा सर्तकता बढाइयो

२०७६ पुष २३ गते, बुधबार

काठमाडौं , २२ पुष । इराकस्थित सैन्य शिविरमाथि इरानले मिसाइल आक्रमण गरेपछि अमेरिकाले ह्वाइट हाउसको सुरक्षा सर्तकता बढाएको छ। राष्ट्रपति भवन वरपर साविकभन्दा निकै ठूलो संख्यामा युएस सेक्रेट सर्भिसका अधिकारी खटिएका छन्। कैयौं चेकजाँच पोष्टहरु खडा गरिएको र त्यहाँ एसल्ट राइफलसहित सिक्रेट सर्भिसका अधिकारीहरु खटाइएको अन्तराष्ट्रिय समाचार एजेन्सी सीएनएनले जनाएको छ। उता इरानले आफ्नो भूमीमा एउटै बम खसालेमा दुबई, संयुक्त अरब एमिरेट्स (युएई), इजरायलमा व्यापक आक्रमण गर्ने चेतावनी दिएको छ । इस्लामिक रिभोल्युस्नरी गार्ड कर्प्सले इराकस्थित अमेरिकी सैन्यवेसमा गरिएको मिसाइल हमलाका विरुद्ध अमेरिकाले जवाफ दिए त्यहीँ छिरेर हमला गरिने चेतावनी समेत दिएको छ।- एजेन्सी

प्रतिक्रियाहरु