हिंसात्मक प्रदर्शनमा एकजनाको मृत्यु, २० घाइते

काठमाडौं, १६ मंसिर । ल्याटिन अमेरिकी मुलुक होन्डुरसमा हिंसात्मक प्रदर्शन बढ्दै गएपछि सेना र प्रहरीलाई थप शक्ति प्रदान गरिएको छ । गत आइतबारको विवादास्पद निर्वाचनपछि विरोध प्रदर्शनमा हिंसात्मक प्रदर्शन बढ्दै गएपछि सेना र प्रहरीलाई थप शक्ति प्रदान गरिएका हो । संवैधानिक सुनिश्चितता स्थगन गरि १० दिनसम्म साँझदेखि बिहानसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ । मूख्य विपक्षी उम्मेदवार साल्भाडोर नास्रल्लाले ५ हजार मतपेटिका फेरि गणना गर्नु पर्ने माग गरेपछि परिणाम सार्वजनिक गर्न ढिलो भएको छ ।
अधिकारीहरुले चुनावी नतिजालाई प्रभावित पारेको आरोप लगाएका छन् । चुनावपछिको हिंसात्मक प्रदर्शनका कारण एकजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । राजधानीबाहिर समेत प्रदर्शनकारीले मुख्य सडक बन्द गर्दैै सवारी साधन जलाएका छन् । – एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>