हावाहुरी सहित पानी पर्ने, सचेत रहन आग्रह

२०७६ जेष्ठ १७ गते, शुक्रबार

काठमाडौं, १७ जेठ । मौसम पूवानुमान महाशाखाले आज देशका पूर्वी र मध्य भु–भाग लगायत र पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य वदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाका अनुसार देशका पूर्वी र मध्य भु–भागका केही स्थानहरुका साथै पश्चिमी पहाडी भेगका एक दुइ स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ।
त्यसै गरी रातिको देशका पूर्वी र मध्य भु–भाग लगायत र पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी र मध्य भु–भागका केही स्थानहरुका साथै पश्चिमी पहाडी भेगका एक दुइ स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ।

प्रतिक्रियाहरु