हावाहुरीबाट २ करोड रुपैयाँभन्दा बढीको क्षति

काठमाडौं, ३१ बैशाख । संखुवासभामा बर्षासँगै आएको हावाहुरीले धर्मदेवी नगरपालिकाका ११ घर भत्काएको छ । हावाहुरीका कारण २ करोड रुपैयाँभन्दा बढीको क्षति भएको बताइएको छ । धर्मदेवी–३ तामाफोकका ओम जिमी, मछेम जिमी, कविन जिमी, योगेन्द्र जिमी र सूर्यमान जिमीको घर पूर्णरुपमा क्षति भएका छन् भने अन्य ६ घरमा आंशिक क्षति भएको नगरप्रमुख रमेश जिमीले जानकारी दिए । आइतबार साँझ आएको हावाहुरीले गाईवस्तु बाँध्ने टहरासमेत भत्काइदिएको छ । हावाहुरीसँगै आएको असिना पानीले धर्मदेवी नगरपालिका क्षेत्रमा अलैंची र तरकाली बालीमा ठूलो क्षति पुर्‍याएको नगरपालिकाले जनाएको छ । क्षतिको विवरण संकलन कार्य अझै जारी रहेको बताइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>