हामी कम्युनिस्ट ः सबैभन्दा उच्च बिचार भएका मानिस हौं – विनोद दाहाल

हामी कम्युनिस्ट हौं । अर्थात कम्युनमा विश्वास गर्ने मान्छेहरुको अग्रदस्ता, अर्थात कम्युनार्ड । यसमा हामीलाई यो हुन पाएकोमा गर्व लाग्छ । हाम्रो सर्वहारा वर्गीय दृष्टिकोण हुन्छ । हामी सर्वहारा वर्गप्रति इमानदार छौं । हामी वर्गीय समाजमा भएकोले समाजमा रहेका शोषितपीडित, दमित, न्यायप्रेमी, मुक्तिकामी श्रमजिवी जनताप्रति हाम्रो पक्षधरता हुन्छ । हामी कत्तिको कम्युनिस्ट भयौं ? यो हामी आफैं समिक्षा गरीरहेका छौं । कम्युनिस्ट प्रयोगबाट हुने परिणामको कुरा हो, वर्गसंघर्षले उत्पादन गरेको विशेष खालको मान्छे हो । हामी आपूmलाई प्रयोगमा लगिरहेका छौं । वर्गसंघर्ष नै हाम्रो विश्वविद्यालय हो । कम्युनिस्ट हुनुको नाताले हामी उक्त विद्यालयका विद्यार्थी हौं । हाम्रा नयाँनयाँ प्रयोग र ज्ञानले हामीलाई आधारभुत, सामान्य र विशिष्ट कक्षाहरुमा अपग्रेडिङ गरिरहेको हुन्छ । सर्वहारा वर्गको अग्रदस्ता विद्यावारिधि गरेका विशेष क्षमताका मानिस हुन्छन्् । यो हाम्रो बुझाई हो ।
हामी समाजका बिचारहरुमध्ये सबैभन्दा उच्च बिचार भएका मानिस हौं । हामी सर्वश्रेष्ठ र सभ्य मानव जाती हौं । हामी अभावरहित मानव समाज बनाउन चाहन्छौं । हामी कम्युनमा विश्वास गर्छौं र आबद्ध हुन तयार छौं । सर्वहारा वर्गप्रतिको हाम्रो इमानदारितामा कतै आँच आउन दिने छैनौं । वर्गीय समाजको अन्त्य अर्थात सर्वहारा वर्गको मुक्तिको सवाल नै हाम्रो सबैभन्दा सबै कामकारवाहीका केन्द्र हो । वर्गीय समाजका सोच र चिन्तनका मानिस भन्दा हामी गुणात्मक रुपले नै फरक छौं । हाम्रा बोली र व्यवहारहरु वर्गीय समाजमा भिजेका अरुका भन्दा फरक छन्् । कम्युनिस्ट हुन सपथ लिएका हाम्रा प्रतिबद्धता भन्दा हाम्रा फरक बोली र व्यवहार छैनन् । हामी आजसम्म मानिसले आर्जन गरेका सम्पूर्ण उपलब्धिहरुमा स्वामित्व ग्रहण गर्न चाहन्छौं । हामी मानव जातीले अहिलेसम्म ल्याएका सबभन्दा हितको सामाजिक व्यवस्था निर्माण गर्ने अगुवाई गरिरहेका छौं । यसो भन्न सक्ने अवस्थामा हामी भैदिएको भए अहिले हाम्रो अवस्था पनि पक्कै अर्कै हुन्थ्यो । मानिसहरु अर्कै समाज अभ्यस्त भइसकेका हुन्थे । हामी मात्र हैन मानिस नै अर्कै अवस्थामा जीवन जिएका हुन्थे ।
हामी नामले मात्र सम्बोधन गर्दैनौं, बिशेषणबाट सम्बोधन गर्न पनि माहिर छौं । हामी राम्रो नियतले सम्बोधन पनि गर्छौं र बधनियतले पनि गरिरहेका हुन्छौं । नामले सम्बोधन नमिल्न सक्छ, बिशेषताले सम्बोधन गर्दा राम्रो मान्छौं । बिशेषता चाहिं ट्याक्कै मिल्ने खालकोबाट सम्बोधन गर्दा सबैले आत्मस्वीकृतले त्यसरी नै सम्बोधन गर्न थाल्दछन्् । समाजमा हामीले देखेका र भोगेका कुरा हुन् यी । ड्यास माओवादी र क्यास माओवादीको सम्बोधन ट्याक्कै मिलाएर मानिसले गरेका सम्बोधन हुुन् । पहिला सबैले चार तारा ज्यानमारा भन्थे त्यसैगरी । नपुंशक पार्टी भन्यौं भने अर्को आपूmलाई भनेको भनेर बुर्लुक्क उफ्रिन्थ्यो । यसो भन्दा कसलाई भनेका हुन् भनेर चिनाउन पर्दैनथ्यो । पार्टीको नाम बरु कसैलाई थाहा नहुने तर बिशेषताले सम्बोधन गर्दा ट्याक्कै सबैलाई थाहा हुने यो कस्तो अवस्या हो भन्ने स्पष्ट छ । बिशेषताले चिन्ने पार्टी थाहा नहुने भनेको पार्टी नाम मिलेन भन्दा हुन्छ । नाम त सकारात्मक बिशेषताहरुले पूर्ण रुपको हुनु पर्नेहो, यहाँ त्यस्तो देखिंदैन । कम्युनिस्ट पार्टी चिनाउन सिंग र पुछर थाप्नु पर्ने अवस्था आइनै रहेको छ । विद्यमान अवस्थामा रहेका कम्युनिस्ट पार्टीहरु कम्युनिस्ट पार्टी त हुन् भनेर घोत्लिनु पर्ने अवस्था छ । बरु यी सबैलाई बिशेषणले सम्बोधन गर्दा नै उति र न्यायोचित हुन्छ ।
नेकपा (कट्टेल) वैधानिक खुद्रा पसल हो । नेकपा (ओली गुट) ठग व्यापारी हो । नेकपा (पुकगुट) सपनाहरु राखेर कमाउने धन्दा गरेको एउटा कोठी हो । किरण र चन्दका पार्टी पसल अपसिजन झैं चलेका मात्र छन्् । मसाल, माले, रोहितलगायतका अन्यले पनि कम्युनिस्ट नै भन्ने गरेका छन्् । बाबुरामको पार्टी त नाम मात्र हो, यो खासमा बुहुराष्ट्रिय कम्पनिको एउटा शाखा मात्र हो । संसदवादले गाँजेर पार्टीहरु रुपमा मात्र फरक, सारमा बिदेशी शक्ति केन्द्रका एजेन्ट नै हुन् । क्रान्तिकारी हुँ भनेर फलाक्नेहरु पनि बिदेशी लुटेराहरु अर्थात बहुराष्ट्रिय निगमहरुबाट देश जोगाउने नीति खुलमखुल्ला भन्न सक्दैनन् । यही बिडम्बनाकाबीच हामी कम्युनिस्टको राजनीति गरिरहेका छौं ।
अहिले नेपालमा कम्युनिस्ट पार्टी नामका पार्टीहरु धेरै छन्् । कम्युनिस्ट अर्थात कम्युनमा विश्वास राख्ने अवस्थामा कुनै पनि छैनन् भन्ने व्यवहारतः देखिन्छन्् । मेरो चाहना के हो भने हामी छौं त्यस्ता इमानदार कम्युनिस्ट भन्दिउन् । हामीलाई द्वन्दात्मक भौतिकवादमा विश्वास छ भन्दिउन् । आदर्शवाद र अधिभुतवादमा विश्वास नगर्ने शक्ति हौं भन्दिउन् । मेरो चाहना जनतासँग जोडिने नाममा जनताले नै नेतृत्व गर्ने अवस्थामा नफसुन् वा जनताको नेतृत्व गर्ने तागत नगुमाउन् । क्रान्तिकारी बाटो छोडेर सुधारवादमा नफसुन् । कम्युनिस्ट आन्दोलन भित्र अवशरवादी लाइनमा नदेखिउन । अहँ, त्यो अवस्था देखिएको छैन । कुनै त बिसर्जनवादमा पुगेका छन्् भने बाँकीमा पनि अवसरवादका यो वा त्यो लक्षणहरु बग्रेल्ती देखिन्छन्् । सुधारवादी बनेर प्रतिक्रियावादी व्यवस्थाको सत्ता सञ्चालन गर्न अर्थात प्रतिक्रियावादीको सेवा गर्न गएका छन्् । थोरै मात्र इमानदार भैदिए, यस्ताले आपूmलाई कम्युनिस्ट नभनिदिए हुन्थ्यो, आफ्नो बिशेषता अनुसारको नामाकरण गरिदिए जनता भ्रममा पर्ने थिएनन् र सर्वहारा वर्गप्रति बेइमान गर्ने फटाहा हुने थिएनन् । उनीहरुले जुन वर्गको प्रतिनिधित्व गर्ने हुन् त्यही वर्गको सुहाउँदो नाम राखिदिए मात्र पनि थोरै इमान भएको शक्तिको रुपमा मान्न सकिन्थ्यो ।
अहिले क्रान्तिकारी विशेषताका लक्षणहरु भएका २ वटा पार्टीहरु छन््– किरण र विप्लवले नेतृत्व गरेका पार्टीहरु । अरु पनि समुह र व्यक्तिहरु क्रान्तिकारी गुण भएका र संगठनमा आबद्ध हुन चाहने स्थितिमा छन्् । उनीहरु मापूmलाई मालेमावादी भएको स्वीकार गर्दछन्् । नेपाली नयाँ जनवादी क्रान्तिले लामो वर्गसंघर्षको माग गर्दछ भन्ने ठान्छन्, कोहीले नयाँ जनवादी क्रान्तिको चरण वर्ग दुस्मनसँग भीषण युद्धको चरण भएको ठान्दछन्् । समाजवादको उच्च चरणमा मात्रै युद्धको चरण सकिने र अभियानात्मक ढङ्गले साम्यवादी यात्रामा जान सकिनेमा विश्वस्त देखिन्छन्् । क्रान्तिकारी शक्तिहरुको कोहीमा जढता बढी र कोहीमा सृजनात्मकताको नाममा सुधारवादका लक्षण बढी देखिएका छन्् । यी दुई पार्टीहरु पनि त्यस्तै देखिएका छन्् ।
बिगतको जनयुद्धको अनुभव र समिक्षा साथै विकास गर्दै माओवादी आन्दोलनको पुनर्गठन अहिलेको आवश्यकता हो । केहीमा अवसरवादका लक्षणहरु छन्् जसले यो आवश्यकता पुरा हुन दिएका छैनन् । मालेमावादका आधारभुत प्रस्थावनाहरुलाई आत्मस्वीकार गर्ने हो भने यो सम्भव हुन्थ्यो तर अहिलेको पार्टी नेतृत्व, क्षमता र अवस्थाले असम्भव झैं भएको छ । सर्वहारा वर्गको अग्रदस्ता वा कम्युनिस्ट पार्टीमा जनवादी केन्द्रियताको संगठनात्मक सिद्धान्तको प्रयोगमा अभाव भएको छ । पार्टीमा घटना विशेषले तथा समावेशी आधार पक्रिएर नेतृत्वमा पुगेका, अवसरवादी आधारमा नेतृत्वमा पुगेका र जनवादी केन्द्रियताको सिद्धान्तभन्दा बाहिरबाट नेतृत्वमा पुगेकाहरुबाट यस्मा बाधा अड्चन खडा गरिएका छन्् । कम्युनिस्ट पार्टीलाई सपार्ने कहाँबाट हो ? यो बढो महत्वको सवाल हो ।
कम्युनिस्ट हुन सहज हुँदैन । सामान्य चेतनाले कम्युनिस्ट हुन सकिंदैन । सर्वहारा वर्गको मानिस हुँदैमा पनि कम्युनिस्ट हुन सकिंदैन । बिषेश खालको क्षमता आवश्यक पर्छ । लाल र निपूर्ण कम्युनिस्टको गुण हो । गहिरो अनुसन्धानको क्षमता कम्युनिस्टको लागि आवश्यक पर्छ । ज्ञान, बुद्धि र विवेकबाट चल्ने र आलोचनात्मक क्षमता पनि अनिवार्य आवश्यकता पर्दछ । नाता सम्बन्ध तोड्न वा पक्ष नलिन, धर्म बिरुद्ध खडा हुन, जातीय तथा क्षेत्रीय शोच र चिन्तनबाट मुक्त हुन सामान्य चेतनास्तर हुनेले सक्दैन । त्यस्तो हिम्मत नगरी कम्युनिस्ट हुन सकिंदैन । पुराना सोच, चिन्तन, वानी, व्यवहार, परम्परा, संस्कृति र जीवनशैली बदल्ने कुरा क्रान्ति पुरा गर्ने सवाल जत्तिकै कठिनसाध्य काम हो । यी तमाम बिषय भन्दा बिपरित अवस्थामा पुगेर कम्युनिस्ट हुने आधार खडा हुन्छ । यति हुँदा मात्र पनि कम्युनिस्ट हुन सकिंदैन, बिद्रोही मात्र हुन सकिन्छ । कम्युनिस्ट हुन त त्यो भन्दा निक्कै बढी पो हुनु पर्दछ त !
कम्युनिस्ट हुने सामान्य अवस्था भनेको सर्वहारा वर्गको अग्रदस्तामा आबद्ध हुनु पर्दछ । त्यही दस्तामा नै कम्युनको भ्रूण हुन्छ, कम्युनिस्ट हुने आधार खडा हुन्छ । यही नै समाजवाद तथा साम्यवादको जग हो । यही जगमा टेकेको मानिस मात्र वास्तवमा कम्युनिस्ट हो । जुन धरातलमा टेकेको हुन्छ वास्तवमा मानिसको वास्तविकता त्यही हुन्छ । बुर्जुवा आड र ढाडसमा बाँचेकाहरुले कम्युनिस्ट पार्टीको नेतृत्व लिन पुग्दा कस्तो हालत भयो भन्ने हामी सबैले भोगिरहेकै छौं ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>