हात्तीको आक्रमणबाट माहुतेको मृत्यु

२०७५ भाद्र १४ गते, बिहीबार

काठमाडौ, १४ भदौ । चितवन राष्ट्रिय निकुञ्जले पालेको मोती प्रसाद ‘ख’ नामको हात्तीको आक्रमणबाट माहुतेको मृत्यु भएको छ । सो हात्तीलाई घाँस काट्न सँगै गएका माहुते मुखरीलाल सरदारलाई हात्तीले आक्रमण गरेको हो । सुनसरीको कोशी गाउँपालिका–८ स्थित कुशहनी निवासी २७ वर्षीय सदरदार भदौ ५ गते माहुतेमा करारमा नियुक्त भएका थिए । सरदारलाई आज बिहान हात्तीले सुढले हानेर मारेको चितवन प्रहरीले जानकारी दिएको छ । उनीसँगै गएका अर्का एक जना कर्मचारी रुखमा चढेर ज्यान जोगाएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार