हाइकुहरू – वैरागी जेठा

२०७५ भाद्र २५ गते, सोमबार

युद्ध घोषणा
यति फैलिइसक्यो
मृत्यु शैयामा !

अल्झिरहेका
प्रश्नहरूचिनेर
गजब लाग्छ !

रोगले ग्रस्त
हाम्रा पहाडहरू
संकीर्णतामा !

चैतन्यबोध
शरदको विहान
म प्रति दया !

पश्चिमबाट
किमवहादुरले
उभी भ्यालमा !

वतास चल्यो
सामना दैनिकमा
अक्षर झुण्डे !

मेरो छातीमा
हजार घोडाहरू
वंशका राज !

हावा कुहिरो
करड.गहरू टोक्दै
रगत बग्छ !

रातै चम्किन्छ
बहिरहेको झर्ना
दिन्छ साहस !

किसानहरू
जलाइएका छन्
अंकुसी पार्दै !

सिद्धान्त पेश
जनता निरक्षर
नयाँ राजमा !

फूलहरूले
थिचिरहन्छन् ए
उँचाइ छुन !

विद्रोह शुरू
वगिदिन सक्छ ऊ
हाम्रो अगाडि !

प्रतिक्रियाहरु