कुमार पौडेलको हत्या : मानव सभ्यताको अपमान –विष्णु पन्त

१. सर्लाहीमा कुमार पौडेलको पाशविक हत्या
मिति २०७६ असार ५ गते एउटा अकल्पनीय समाचारले सर्लाहीको आकाशलाई स्तब्ध बनायो र पूरै नेपालभरि त्यो दुःखद समाचारले तरङ्गित र भयभित बनायो । शुरुमा प्रहरीको हवाला दिँदै समाचारले सनसनी मच्चायो कि विप्लव र प्रहरीबीच दोहोरो भिडन्त हँुदा कुमार पौडेलको मृत्यु भयो । घटनाको अर्को दिन नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवको विज्ञप्ती आएपछि मात्र घटनाको वास्तविकता बाहिर आउन शुरु ग¥यो । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको गिरफ्तार गरी हत्या भएको भन्ने रहस्य खुल्दै गयो ।
हामीले त बुझेकै थियौं केपी, पिके र बादलको गठबन्धनले देशमा फासीवाद लाद्छै छ, नरशंहार मच्चाउँदै छ र जनताको रगतमाथि होली खेलेर ताण्डव नृत्य मच्चाउँदै छ । पछि कुमार पौडेलको शवको बारेमा तथ्यहरु बाहीर आए कि ४–५ ठाउँमा हात र खुट्टा भाँचिएको दाँत खसेको, मुख वा अनुहारमा घाउ भएको, टाउकोमा ४÷५ ठाउँ गोली हानीएको, छात्तीमा ८÷१० ठाउँमा गोली हानीएको तथ्यहरु जब वाहिर आयो, त्यसले फासीवादको क्रुरतालाई उदाङ्गो पारिदियो । यसका पछाडि कुमार पौडेलको एउटै अपराध थियो कि उहाँ सर्लाहीका जनताको बीचमा लोकप्रिय हुनुहुन्थ्यो । उहाँ सर्लाहीका हजारौँ किसान, मजदुर र सुकुम्वासीहरुका आशाको आँखाको नानी हुनुहुन्थ्यो ।
२. हत्याको प्रकृति
राज्यले कुमार पौडेलको हत्या निकै नै बर्बरतापूर्वक र क्रुरतापूर्वक रुपमा गरेको देखिन्छ । सामान्य अपराधिक दृष्टताले त्यस्तो हत्या गर्न सक्दैन । त्यो हत्यामा जो सुकै संलग्न भए पनि त्यो व्यक्ति क्रुर अपराधी भएको सहजै अनुमान गर्न सकिन्छ । मान्छेहरु त्यति विघ्न यातना दिएर पशुको पनि हत्या गर्न सक्दैनन, त्यहाँ मानवीय संवेदनाको कत्ति पनि भाव देखिएन । त्यो अमानवीय हत्या खुमबहादुर खड्काको पालामा पनि भएको थिएन भन्ने एक जना पूर्व एआइजीको टिप्पणी मननयोग्य छ । एउटा राजनीतिक नेतालाई गिरफ्तार पछि किन उनको ४÷५ ठाउँमा हात भाँचियो ? किन खुट्टा भाँचियो ? किन दाँत खसालियो र किन मुखमा घाउ बनाइयो ? टाउकोमा मात्र किन ४÷५ ठाउँ गोली हानियो होला ? किन छातीमा ९÷१० ठाउँमा गोली हानियो होला ? के यी प्रश्नहरुको जवाफ राज्य वा सरकारसँग छ त ? के यो मानवताविरुद्धको गम्भीर अपराध होइन ?
३. अपराध लुकाउन अर्को अपराध
सुरुमा सर्लाही प्रहरीले एउटा झुटो समाचार सम्प्रेषण गरेर गम्भीर अपराध गरेका छन् । गस्तीमा गएको प्रहरीमाथि मोटर साइकलमा आएका २÷३ जनाको समूहले फायरिङ्ग गरेपछि आत्मरक्षाको लागि प्रहरीले पनि गोली चलाउँदा उनको मृत्यु भएको छ भन्ने जस्तो झुटो समाचार सम्प्रेषण गर्ने काम प्रहरीले गरे । घटनाको कुनै छानविन र भेरिफाई नगरी जस्ताको तस्तै समाचार संप्रेषण गरेर नेपाल प्रहरीको हेडक्वाटरले त्यो घटनामा आफ्नो संस्थागत र नियोजित संलग्नतालाई पुष्टि ग¥यो । अनि घटनाका विषयमा गृहमन्त्री रामबहादुर थापाले झनै आक्रोशित र आक्रामक प्रस्तति राखेर पूरै सरकारको डिजाइनमा घटना घटाइएको झनै स्पस्ट भएको छ ।
४. अपराधीहरु लुकेका छैनन्
कुमार पौडेलको हत्यामा संलग्नहरु जनताको नजरमा छिपेका छैनन् र उनीहरु अज्ञात छैनन् । परिवारका सदस्यलाई पनि शव हेर्न नदिने सत्ताका अपराधीहरुलाई जनताले एक÷एक चिनेका छन् । अपराधी को हुन ? ठूला–ठूला युद्धका बेलामा दुश्मनलाई घेरा हालेर समात्दा पनि यस्ता जघन्य, अमानवीय र क्रुर हत्या हुँदैनन् र त्यो अन्तर्राष्ट्रिय कानूनका हिसावले पनि मानवता विरोधी अपराध हुन्छ । यदि सरकार जिम्मेवार हुँदो हो त वा प्रधानमन्त्री थोरै पनि संवेदनशील हुँदा हुन त यो घटनापछि गृहमन्त्री, प्रहरी आइजिपी, सर्लाहीका एसपी र घटनामा संलग्नहरुलाई वर्खास्त गर्दै जेल चलान गर्नु पर्दथ्यो । तर, बिडम्वना प्रधानमन्त्री आफँै अपराधीक मनोवृत्तिका छन् ।
५.संसदको राज्य व्यवस्था समितिमा भएको छलफल
सर्लाही घटनाको विषयमा संसदको राज्य व्यवस्था समितिमा भएको छलफल र त्यहाँ देखिएका प्रस्तुतीहरुले पनि अपराधीहरुको एक्सपोज भएको छ । छलफलका क्रममा सर्लाहीकै एकजना सांसदले आँशु झार्दै, भक्कानीदै र रुँदै आफ्नो भावना अभिव्यक्त गरेकी थिईन । जनार्दन शर्मा, रेखा शर्मा, यसोदा सुवेदी, तिर्था गौतम, मीना पाण्डे, डिला संग्रौला, दिलेन्द्रप्रसाद बडु, महेश्वर जंग गहतराज, झपट रावल सबैले घटनाको विरोधमा अभिव्यक्ति दिँदै छानवीन गरी दोषीलाई कार्वाही गर्न सुझाव दिए ।
६.गैरन्यायिक हत्याको विपक्षमा आमजनमत
निशस्त्र व्यक्ति, जनताको लोकप्रीय नेता, समाजसेवी, राष्ट्रवादी र परिवर्तनका लागि, जीवन समर्पण गरेको एक जना नेता वा ब्यक्तिलाई गिरफ्तार गरी कुटपिट, यातना दिई ४÷५ ठाउँमा हात खुट्टा भाँचिने गरी पिट्ने यातना दिने अनी ४÷५ गोली टाउकोमा र ९÷१० गोली छातीमा हान्ने जस्तो राज्यको अपराध देख्ने वा समाचार सुन्ने जोसुकैका आँशु रसाउनु सामान्य हुन्छ । राज्य व्यवस्था समितिमा सांसदहरु रोएको पनि देखियो । पूर्व गृहमन्त्री जनार्दन शर्माको भुमिका सशक्त थियो । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पनि घटनाको विरोध गरे । यो यति ठुलो जघन्य अपराध थियो कि अलिकति पनि मानवीय, लोकतान्त्रीक वा राष्ट्रवादी नेता वा व्यक्ति कोही पनि मौन वा चुप लागेर बस्नु पनि अपराधको पक्षपोषण गर्नु नै हो ।
७.प्रचण्डहरुको मौनता
वास्तवमा कुमार पौडेलको जस्तो कुर र अमानवीय हत्याका विरुद्धमा माधव कुमार नेपाल, बाबुराम भट्टराई र जनार्दन शर्माभन्दा पहिला पुष्पकमल दाहाल बोल्नु पर्दथ्यो । उनले सरकार, राज्य वा प्रहरी संगठनलाई यस्ता अपराध नगर्न सुझाव वा चेतावनी दिनु पनि सकारात्मक हुन्थ्यो । तर उनले त यो अपराधमा आनन्द मानिरहेको जस्तो अनुभुति भयो । विप्लवलाई समर्थन गर्ने सबै मारिउन भन्ने उनको चाहना हो की भन्ने आशंका बढ्दै छ । गृहमन्त्री राम ब. थापा र प्रचण्डले राम्रोसँग चिनेको परिचित व्यक्ति हुन–कुमार पौडेल । मानवीय मूल्यका आधारमा एक थोपा आँशु बगाउदा वा एक वाक्य विरोधमा बोल्दा उनीहरुको कद फराकिलो, उचो र उज्वल हुन्थ्यो । तर उनीहरुले अपराधीहरुको संरक्षण गरे । बरु अपराधीहरुलाई छोप्ने झन ठूला अपराध र षड्यन्त्र गरे ।
गृहमन्त्री यदि मानवीय मूल्य मान्यताप्रति बफादार भएको भए तत्काल छानबीन गर्न सक्थे । लोकलाई देखाउनका लागी पनि छानबीन गर्न सक्थे । हामीलाई लाग्थ्यो जनयुद्धले प्रचण्ड र बादललाई उच्च मानवीय चेतनाको विकास गरेको छ तर सत्तामा पुगेपछि उल्टो परिणाम देखियो, आततायी, जंगली र क्रुर पात्रमा पतन भएका रहेछन् । पूर्वगृहमन्त्री जनार्दन शर्माले भने– ‘‘कुमारको हत्याले ‘मेलगढी घटना सम्झायो तथ्य बङ्गाए मान्य हुँदैन ।’’ मिना पाण्डेले त भनिन–‘‘कतै पेशेवर हत्याराले हत्या गरेको त होईन ?’’
८.युद्धको पनि नियम हुन्छ
आई.जि.पि. सवेन्द्र खनाल, गृहमन्त्री राम ब. थापा, प्रधानमन्त्री ओली र अर्को प्रत्याशी पुष्प कमल दाहाललाई थाहा छ कि छैन् हतियारसहित आमने सामने भईरहेका सशस्त्र युद्धमा पनि गिरफ्तार पछि यस्ता अमानवीय हत्या गर्नु अपराध हुन्छ । युद्धको पनि नियम हुन्छ, अनुशासन हुन्छ, अन्तराष्ट्रिय मूल्य–मान्यता र कानून हुन्छ । तर सर्लाहीमा कुनै युद्ध थिएन, कसैले हतियार बोकेको थिएन र विप्लव नेतृत्वको शक्तीबाट एउटा पनि हतियार प्रयोग भएको थिएन ।
कुमार पौडेलको हत्या काण्डले देशको शीर निहुरिएको छ, मानव सभ्यताको अपमान भएको छ । आजको एक्काईशौँ शताब्दीमा पनि राज्यको चेतनास्तर यति विघ्न जंगली ? यति वढी अमानवीय, क्रुर र हिंस्रक ? यति बढी संवेदनाहीन ? ईतिहासले यसको हिसाब किताब त गर्ने नै छ । बादल र ओलीको सत्तामण्डलीले एक पटक हाम्रै पुर्खाहरुको युद्ध ईतिहासलाई पढ्न पर्छ । अंग्रेज र नेपालको युद्धमा अंग्रेजहरुले गरेको वीर नेपाली योद्धाहरुको प्रशंसाको ईतिहासलाई पढ्न पर्छ । तर विडम्बना अपराधीक मनोवृत्ति भएका क्रुर शासकहरुवाट त्यो अपेक्षा गर्नु कमजोरी हुन्छ ।
९.राज्यद्धारा व्यक्ति हत्याका श्रीङ्खला
हामीलाई थाहा छ वर्तमान ओली र वादल मण्डलीको सरकार विप्लवको विचारदेखि अत्तालिएको छ । उनीहरु विप्लव पार्टीलाई पुरै सिध्याउन चाहन्छन् । विप्लव, प्रकाण्ड, कंचन, सुदर्शन र सन्तोष वुढा मगरहरुलाई बर्वरतापूर्वक सफाया गर्न चाहन्छन् । शासकहरु कति धेरै असन्तुलित बनेका रहेछन् भन्ने कुराको ताजा प्रमाण हो, कुमार पौडेलको हत्या । झुटो इन्काउन्टरको नाममा भएको यो पहिलो हत्या हैन् । २०७६ जेठ ७ गते, भोजपुरको मयुसमा निर्दोष युवा तिर्थराज घिमिरे ‘राज’ को यसैगरी गिरफ्तार पछि गोली हानेर जंगलमै हत्या गरियो र जनतालाई भनियो ईन्काउन्टर । त्यस्तै गरी केही समय पहिला कपिलवस्तुको शिवपुरमा दुर्गा ब.रोक्का मगरलाई गिरफ्तार गरी बाटोमा ल्याएर ईन्काउन्टरको नाममा गोली हानी घाईते बनाईयो । त्यसभन्दा अगाडी पनि थुप्रै फेक इन्काउन्टरको नाममा थुप्रै व्यक्तिहरुका हत्या भईसकेका छन् । हामी प्रष्ट छौँ कि, सबै कृत्रिम मुठमोडहरु गैह्रकानूनी छन् र चोर बाटोबाट गरिएका राज्यका अपराधीक गतिविधिहरु नै हुन् ।
१०.जनतालाई वदला लिने अधिकार हुन्छ
जब राज्य आफैँ नाङ्गो रुपमा गैह्रन्यायिक हत्या वा गम्भिर मानवता विरोधी अपराधमा संलग्न हुन्छ, तब न्यायको ढोका बन्द हुन्छ । जनताको हत्या गरेर राज्यले विजयको सपना देख्छ भने त्यो भ्रम हुन्छ । जति धेरै हत्याकाण्डहरु बढ्छन्, राज्य त्यति कमजोर हुन्छ । राज्यद्धारा सत्ताको उन्मादमा लादिएको गैह्रन्यायिक हत्या वा दमन कुनैपनि मूल्यमा स्वीकार्य हुन सक्दैन । प्रत्येक हत्या, आक्रमण र दमनका विरुद्ध बदलाको भावना स्वभाविक हुन्छ । कुमार पौडेलको हत्या सबैभन्दा बढी चर्चामा किन पनि आयो भने त्यहाँ धेरै ठूलो राक्षसी वा दानवीय प्रवृत्तिको देखिएको छ । जुन दृश्यलाई आजको मानव समाजले पचाउन सक्दैन । ती नरभक्षी पिचासहरु को हुन्, त्यो सबै स्पष्ट छ । शायद मिल्दो हो त तिनीहरु मान्छेको माशु पनि खाने थिए । तिनीहरु निर्मला पन्तको बलात्कारी र हत्यारा जत्तिकै अपराधी हुन् । हुन सक्छ, क. कुमार पौडेलको हत्यारा र निर्मला पन्तको हत्यारा एउटै वा उस्तै पात्रहरु हुन् । भोजपुरमा तिर्थ घिमिरेको हत्या त्यस्तै क्रुर अपराधीहरुले गरे ।
संसदको राज्य व्यवस्था समितिको छलफलमा नेपाल प्रहरीका आई.जि.पि. सर्वेन्द्र खनालले कुमार पौडेलको पृष्ठभूमिका विषयमा बोलेका कुराहरु प्रायोजित छन् । गृहमन्त्री बादलले बोलेका अपराधीक अभिव्यक्तिहरु रेकर्ड छन् । फेरि पनि भन्नै पर्छ, प्रधानमन्त्री केपी ओली थोरै पनि राष्ट्रवादी र लोकतन्त्रवादी हुन्थ्ये भने सर्लाहीका एस.पि., आई.जि.पि. र गृहमन्त्रीको बर्खास्ती हुनु पर्दथ्यो । यो गम्भिर प्रकृतिको अपराध हो । गम्भिर मानवता विरोधी अपराध हो र गैरन्यायिक हत्या अपराध हो । त्यसकारण जब राज्यले नै यस्ता जघन्य अपराध गर्दै जान्छ, हत्याका श्रृखंलाहरु बढाउँदै जान्छ भने त्यहाँ विद्रोह हुन्छ र बदला लिने बाटोमा देश जान्छ ।
राज्यले जस्तै विद्रोहीले पनि इन्काउन्टरको रणनीति बनायो भने के हुन्छ ? राज्यले त धेरै सहन सक्नु पर्छ । सरकारको फाँसीवादी चरित्रले जनतालाई आत्म सुरक्षाका लागि पनि हतियार बोक्न बाध्य बनाउने भयो । जुनसुकै बेला जो सुकै व्यक्ति इन्काउन्टरको नाममा मारिन सक्ने राज्य आतंक फैलिएको छ । म भन्छु, कुमार पौडेल र तिर्थ घिमिरेका हत्याराहरुलाई कार्वाही गर्नुपर्छ । यदि राज्यद्धारा कार्वाही नगर्ने हो भने जनतालाई त्यो अधिकार प्राप्त हुन्छ । हत्याराहरु जो सुकै हुन र जहाँ सुकै हुन तिनीहरुलाई छाडिनु हुँदैन । प्रत्यक्ष हत्यामा संलग्न हुने, हातखुट्टा भाँच्ने, गोली हान्ने प्रहरी अधिकृतहरुलाई जस्ताको तस्तै हैन तर मानवीय मुल्य अनुशासन र संवेदनालाई ध्यान राख्दै बदला लिनुपर्छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>