स्वस्थानी व्रत समापन गरिँदै

२०७६ माघ २६ गते, आईतवार

काठमाडाैँ, २६ माघ । पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज समापन गरिँदै छ । विधिपूर्वक स्वस्थानीको व्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् ।त्यसैदिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ । विधिपूर्वक एक महिने व्रत गरेका नरनारीले माघ शुक्ल पूर्णिमाका दिन व्रतअनुसारकाे मनाेकामना पूर्णहोस् भनी भगवतीलाई अर्घ्य समेत दिइन्छ । रातमा जाग्राम बसी देवीको माहात्म्य सुन्ने-सुनाउने गरिन्छ । यसो गरेमा व्रतालुको मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।
आइतबार मध्याह्नकालपछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिमा जाग्राम बसेर भाेलि सोमबार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी व्रत समापन हुनेछ । उपत्यकाको पूर्वीभेगस्थित शाली नदीमा पुस शुक्ल पूर्णिमादेखि शुरु भएको माधवनारायण व्रत पनि आजै अश्वमेध यज्ञ गरी समापन गरिँदै छ । यहाँ प्रत्येक वर्ष एकमहिने स्वस्थानी मेला लाग्छ, यस वर्षकाे मेला पनि आजै समापन हुने बताइएकाे छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार