स्मार्टफोनको लकको पासवर्ड बिर्सिनु भयो ? यसरी खोल्नुहोस्

२०७४ मंसिर ७ गते, बिहीबार

काठमाण्डौं . ७ मंसिर । स्मार्टफोन चलाउनेहरु प्राय सबैले आफ्नो मोबाइलमा लक सिस्टम राखेका हुन्छौ । कहिलेकाहीँ आफ्नो फोनको लक खोल्ने पासवर्ड बिर्सन्छौ । यदि यसो भएमा यो तनावको विषय बन्छ। लक सिस्टमकै कारण फोन नै फेर्न पर्ने समस्या सम्म आउन सक्छ । तर यी सजिला पाँच उपाय बाट लक् भएको मोबाइल खोल्न सकिन्छ |
१. यदि तपाईँले मोबाइलमा लगाएको लकको पासवर्ड बिर्सिनु भयो भने मोबाइललाई केहीबेर स्विचअफ गर्नुस् ।
२. त्यसपछि आफ्नो मोबाइलको भोल्युम बटन, होम स्क्रिन बटन र पावर बटन एकै पटक दबाउनुस् ।
३. त्यसो गरेपछि तपाईँको मोबाइलमा पाँचवटा अप्सन देखिनेछन् ।
रिबुट डाटा(reboot Data)
वाइप डाटा/फ्याक्ट्री रिसेट (Wipe data/Factory Reset)
इन्स्टल अपडेट(Install Update)
पावर डाउन (Power down) र, एड्भान्स अप्सन(Advance Options)
जसमा तपाईँले वाइप डाटा र फ्याक्ट्री रिसेट (Wipe data/Factory Reset) लाई सेलेक्ट गर्नुस् ।
४. वाइप डाटा/फ्याक्ट्री रिसेट (Wipe data/Factory Reset) लाई सेलेक्ट गरिसकेपछि तपाईँलाई अर्को अप्सन देखाउँनेछ । जसमा एस (Yes) सेलेक्ट गर्नुस् । तर त्यसो गर्दा तपाईँको फोनको फोटोहरु, डाटा र कन्टेन्ट सबै डिलिट हुनसक्छ । यसो गर्नुअघि सोच्नु जरुरी छ ।
५. यी सबै ४ नम्बरको प्रक्रियामा आधारित हुनेछ । जसले केही समय लाग्न सक्छ । यसपछि भने तपाईँको स्विचअफ गरिएको स्मार्टफोनलाई रि-स्टार्ट गर्नुस् । त्यसपछि तपाईँको हातमा अनलक भइसकेको स्मार्टफोन हुनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार