स्नातकोत्तर तहमा ‘सार्वजनिक नीति ‘ पढाइ हुने

२०७५ असार १९ गते, मंगलवार

काठमाडौं, १९ असार । काठमाडौँ विश्वविद्यालयले सन् २०१९ को पहिलो महिनादेखि स्नाकोत्तर तहमा सार्वजनिक नीति विषयमा पढाइ शुरु गर्ने भएको छ । मानविकी, व्यवस्थापन, कानूनलगायत विषय पनि सो विषयमा समावेश हुनेछन् । विशेषगरी सरकारका विषयगत मन्त्रालयलाई आवश्यक पर्ने नीति र नीतिलाई कार्यान्वयनमा ल्याउने विधि पनि समावेश हुने आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । काठमाडाँै विश्वविद्यालय र इन्स्टिच्युट फर इन्टरग्रेट डिभलपमेन्ट स्टडिज (आइआइडिएस)द्वारा संयुक्त रुपमा आयोजित सो कार्यक्रममा चार सेमेस्टरमा अध्यापन हुने सो विषयमा तालीम कक्षा पनि सञ्चालन हुने जनाइएको थियो । विकसित देशका विश्वविद्यालयमा सार्वजनिक नीतिको विषय अध्ययन अध्यापनमा उच्च प्राथमिकता दिइने गरिन्छ ।
सार्वजनिक नीतिलाई बलियो बनाउँदा लोकतन्त्र नै बलियो हुने विश्वास गरिन्छ ।

प्रतिक्रियाहरु