सेफ्टीट्यांकीमा फसेको गैंडाको उद्धार

काठमाडौं, २७ माघ । चितवनको सौराहास्थित शौचालयको सेफ्टीट्यांकीमा फसेको गैंडाको शनिबार बिहान सकुशल उद्धार गरिएको छ । सौराहाको एक घरमा बनाइएको शौचालयको सेफ्टीट्यांकीमा फसेको गैंडालाई शनिबार बिहान सकुशल उद्धार गरिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । राति आवतजावत गर्नेक्रममा सौराहा आसपास घुम्दै हिँड्ने गैंडा सेफ्टीट्यांकीमा परेको थियो । हात्तीसहित निकुञ्जका कर्मचारी र सेनाको टोलीले गैंडाको उद्धार गरेको उद्वारमा खटिएका चितवन राष्ट्रिय निकुञ्जका पशु स्वास्थ्य प्राविधिक पुरुषोत्तम पाण्डेले जानकारी दिए । सेफ्टीट्यांकीको बिर्को (ढकन) भासिन गइ गैंडाभित्र पस्न पुगेको थियो । उनकाअनुसार सेफ्टीट्यांकी भत्काइ बाटो बनाएर गलको सहयोगमा गैंडालाई निकालिएको हो ।
यसैबीच, चितवन राष्ट्रिय निकुञ्जले आसपास क्षेत्रको घर वरपर बनाइएका खाल्डाखुल्डी पुरेर सुरक्षित राख्न मध्यवर्ती क्षेत्रका बासिन्दालाई अपिल गरेको छ ।
यस्ता खाडल पुर्न र सेफ्टीट्यांकी, गोबरग्यासका लागि बनाएको स्थानलाई सुरक्षित राख्न निकुञ्जको पूर्वी सेक्टर कार्यालय चितवनले सार्वजनिक सूचना नै जारी गरी अपिल गरेको हो । यस्ता खाल्डाखुल्डीमा बाघ, गैंडा, हात्ती तथा दुर्लभ वन्यजन्तु परेर फस्ने तथा मृत्युसमेत हुनसक्ने भएकाले ध्यानाकर्षण गराइएको निकुञ्जको पूर्वी सेक्टर कार्यालयका प्रमुख अभिनय पाठकले जानकारी दिए । – रासस

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>