सेना नागरिक नेतृत्वलाई शासनमा साझेदार गराउन सहमत

२०७६ असार २२ गते, आईतवार

काठमाडौं, २२ असार । सुडानको सेना र विपक्षी दलका नेताबीच शक्ति बाँडफाडसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । महिनौँ चलेको विरोध प्रदर्शनपछि अप्रिलमा राष्ट्रपति ओमर अल–बसिरले सत्ता त्यागेपछिको संक्रमण समाधान गर्ने तर्फ यो पहिलो कदम हो । शुक्रबार भएको प्रारम्भिक सहमति अनुसार अब सुडानलाई संयुक्त सार्वभौम परिषदले शासन गर्नेछ । लगभग तीन वर्षसम्म रहने यो संयन्त्रमा सेना र नागरिक नेतृत्वबीच शक्ति फेरबदल हुनेछ । उक्त निकायलाई पहिलो २१ महिना सैन्य प्रमुखले नेतृत्व गर्नेछन् । त्यसपछि नारिक नेताले बाँकी १८ महिना चलाउने सहमति भएको छ ।
त्यसपछि देशमा लोकतान्त्रिक निवार्चन हुनेछ । सार्वभौम परिषदमा पाँच सैन्य अधिकारी र पाँच नागरिक नेता हुनेछन् । त्यसबाहेक एक थप व्यक्तिलाई नागरिक नेताले चुन्नेछन् तर ती व्यक्तिको छनौटमा सेनाको पनि सहमती आवश्यक हुनेछ । सेना र राजनीतिक प्रदर्शनमाझ जुन ३ मा सुरक्षा फौजले बल प्रयोग गर्दा १०० जनाको मृत्यु भएको थियो भने धेरै घाइते भएका थिए ।-एजेन्सी

प्रतिक्रियाहरु