सुवाससहित ३ जना राेल्पा कारागार चलान

काठमाडौं , २६ पुष । नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन राप्ती ब्युरो इन्चार्ज केशबहादुर बाठा मगर ‘सुवास’ सहित राेल्पाका ३ जनालाई तुलसीपुर कारागारबाट राेल्पा कारागार लगिएको छ । पार्टीको राप्ती ब्युरो बैठकबाट गिरफ्तारमध्ये घर राेल्पा गृह जिल्ला भएका पार्टीका तत्कालीन राप्ती ब्युरो इन्चार्ज केश बहादुर बाठा मगर ‘सुवास’, तत्कालीन राेल्पा इन्चार्ज सन्ताेष सुवेदी ‘प्रयास’ र पाेष्टमान घर्ती मगरलाई अाज बिहान ५ बजेतिर राेल्पा जिल्लाकाे कारागार लगिएको बताइएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज विरजंगसहित दाङबाट गिरफ्तार हुनुभएका बाकी सबै जनालाई दाङ तुलसीपुरकाे कारागार राखिएको छ । दाङकाे राजपुरबाट पार्टीको ब्युरो बैठकबाट गिरफ्तार २१ जनालाई प्रति व्यक्ति जनही १५/१५ हजार धराैटीमा रिहा गर्न जिल्ला अदालत दाङले आदेश दिएकाे थियो । तर अदालतकाे अादेश नमानेर सरकारले व्यापक प्रहरी तैनाथ गरेर फेरि गिरफ्तार गर्ने याेजना बनाएपछि अदालतकाे फैसला गरेको दिन धराैटी नबुझाएर सबै जना कारागार चलान भए । त्यही मध्ये तिलक पुन लगायत ४ जना कारागारबाटै यही पुस १६ गते धराैटी बुझाएर रिहा हुन खाेज्दा प्रहरीले अदालतबाटै फेरि गिरफ्तार गरि ४ जनालाई कपिलवस्तु पुर्याएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>