‘सुरक्षा निकायमाथि आक्रमण गर्ने नीति छैन ‘

२०७६ जेष्ठ २० गते, सोमबार

काठमाडौं, २० जेठ । नेपाल कम्युनिस्ट पार्टीले सामाजिक दलाल सरकारले आफ्नो पार्टीमाथि दमन गर्ने उद्देश्यले सोलुखुम्बुमा प्रहरी चौकी आक्रमण भएको प्रचारबाजी गरेको र उक्त षड्यन्त्रपूर्ण प्रचारबाजीप्रति पार्टीको ध्यानाकर्षण भएको बताएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले आज एक विज्ञप्ति जारी गर्दै सुरक्षा निकायमाथि आक्रमण गर्ने आफ्नो पार्टीको कुनै नीति नभएको र सामाजिक दलाल सरकारले पूर्वी नेपालमा दमन गर्ने उद्देश्य अनुरूप झूट्टा समाचार प्रसारण गराइएको स्पष्ट पारेका छन । प्रवक्ता प्रकाण्डले सोलुखुम्बुमा आफ्नो पार्टीद्वारा प्रहरीचौकीमा आक्रमण प्रयास भएको भन्ने हल्ला नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजी मात्र भएको स्पस्ट पारेका छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु