सुन तोलाको ५९ हजार तीन सय

२०७५ बैशाख ३० गते, आईतवार

काठमाडौं, ३० वैशाख । सुन तोलाको ५९ हजार तीन सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजार पछ्याउँदै आज स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सयले बढेर ५९ हजार ३ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार पनि सुन तोलामा १ सयले नै बृद्धि भएर ५९ हजार २ सयमा कारोबार भएको थियो । चाँदीको भाउ भने ७५० मै स्थिर रहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रतिऔंस १३ सय २० डलर हाराहारीमा कारोबार भइरहेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार