सुनचाँदीको मूल्य वृद्धि

२०७६ कार्तिक २८ गते, बिहीबार

काठमाडौँ, २८ कात्तिक । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको जनाएको छ । बुधबार सुन प्रति तोला ७१ हजार ४ सय रुपैयाँले कारोबार भैरहेकोमा सुन आज तोलामा ६ सय रुपैयाँले बढेर ७२ हजार रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । महासंघले आज तेजावी सुनको भाउ ७१ हजार ७ सय रुपैयाँ निर्धारण गरेको छ ।
त्यस्तै यस दिन चाँदीको भाउ पनि बढेको छ । बुधबार चाँदी प्रति तोलामा ८५० रुपैयाँमा कारोबार भैरहेकोमा आज तोलामा १० रुपैयाँले बढेर प्रति तोला ८ सय ६० रुपैयामा कारोबार भैरहको महासंघले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु