सुनचाँदीको मूल्य घट्यो
२०७६ मंसिर २ गते, सोमबार
काठमाडौं, २ मंसिर । आज सुन तोलामा २ सय रुपैयाँले घटेर ७१ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आइतबार तेजावी सुनको भाउ ७१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै यस दिन चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रति तोलामा ८ सय ५५ रुपैयाँमा कारोबार भैरहेकोमा आइतबार पनि प्रति तोला ८ सय ५५ रुपैयामा कारोबार भैरहको नेपाल सुनचांदी ब्यबसायी महासंघले जनाएको छ ।